धनसिह धामी 

कञ्चनपुर । कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा बृहद योग शिबिर संचालन भएको छ । महिला पतन्जली योग समिति कञ्चनपुरको आयोजनामा मंगलबारदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा बृहद योग शिबिर संचालन भएको हो ।

सुदूरपश्चिम प्रदेशका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले बृहद योग शिबिरको उद्घाटन गर्दै स्वस्थ्य जिवनका लागि योग गर्न सुझाव दिएका छन । पहिलो दिन पतन्जली योग समिति युवा नेपाल समितिका मुख्य केन्द्रीय प्रभारी पुज्य साध्वी डा. देवविजयाजीले योग प्रशिक्षण गरेकी छिन । पतंजलि योग समिति नेपालका केन्द्रीय सदस्य लवराज भट्टले मानिसको तनाव व्यवस्थापन गर्दै खुसी जिवनका लागि योग शिबिर संचालन गर्न लागिएको बताए । १७ र १८ जेठ महिला पतंजलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी पुज्य साध्वी देवादितीजी र १९, २० जेठ कर्णाली प्रदेश सेवा प्रभारी पुज्य स्वामी कर्णदेवजी महाराजले शिविरमा प्रशिक्षण दिने छन ।

भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले योग शिविरलाई सफल पार्न नगरपालिकाले आवश्यक सहयोग गरिरहेको बताए । २१ जेठसम्म शिविर व्यवस्थापनको खर्च मूल समितिका सदस्य र भीमदत्त नगरपालिकाको सहयोगबाट व्यवस्थापन हुने जनाइएको छ । पहिलो दिन सयौँ योग साधकले योग गरेका छन । हरेक दिन बिहान ४ः३०देखि ७बजेसम्म सचालन हुनेछ । शिविरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योग प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन ।

पतंजलि योग समिति कञ्चनपुरका मिडिया प्रभारी प्रेमसिंह भाटले योग शिविरमा सहभागी भई व्यक्तिगत स्वास्थ्य र सामाजिक स्वच्छता कायम गर्न सबैमा आब्हान गरेका छन ।

 

 

प्रतिक्रिया दिनुस