कञ्चनपुर । कञ्चनपुर जिल्लामै अवैध सरचना अतिक्रण खाली गराउन भीमदत्त नगरपालिका अग्र मोर्चामा देखिएको छ । गत चैत्रमा गृह मन्त्रालयले देशभर सरकारी तथा सार्वजनिक अतिक्रमित जमिन खाली गराउने परिपत्र अनुरुप भीमदत्त नगरपालिकाले नगर विकास समितिको स्वामित्वमा रहेका अवैध संरचना हटाएका अग्र मोर्चामा देखिएको हो ।

भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारमा क्षेत्र सरकारी जमिनमा निर्माण भएका डेढ सय अवैध सरचना हटाएको छ । जिल्ला सदरमुकाम समेत रहेको भीमदत्त नगरपालिकाले नगर क्षेत्रमा निर्माण भएका अवैध १सय ५० पक्की सरचना हटाएको हो । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार, पुरानो बसपार्क क्षेत्रमा गैर कानुनी लिज एव बिक्रि वितरण गरिएका सरचनामा डोजर प्रयोग गरेर हटाएको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरका मेयर एव नगर विकास समितिका अध्यक्ष पदम बोगटीले हालसम्म डेढसय अवैध बेसारिसे संरचना हटाईएको बताए । ‘हामीले नगर विकासको जमिनमा निर्माण भएका अवैध सरचना हामीले हटाउन सफल भएका छौँ, ‘उनले भने, ‘अब थप अवैध सरचना पनि हटाउँछौँ ।’ नगर विकास समितिकै जमिन लिजमा लिएर सर्वोच्च अदालतबाट बदर गरिएका व्यवसायिहरुको हकमा उनीहरुको तालाचाबी ग्रहण गर्दै भावि दिनमा १८ जेठमा हुने सर्वदलिय बैठकबाट निर्णय गर्ने मेयर बोगटीले बताए ।

‘जुन जुन व्यवसायीले नगरपालिकालाई तालाचाबी बुझाए हामीले ग्रहण गछौँ, ‘उनले भने, ‘ति संरचना हामीले ग्रहण गरेर भावि दिनमा के गर्ने विषयमा थप छलफल गरेर अघि बढ्छौँ ।’ मेयर बोगटीले सुदूरपश्चिम दलित छात्राबासको विषयमा समेत सर्वदलिय बैठकबाट निर्णय गरेर अघि बढ्ने बताए । नेपाल बाल संगठनको जमिन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको जमिनमा बस्दै आएका व्यवसायी आफै हटेका थिए ।

नगर विकास समितिको जमिनमा बनेका संरचना हटाउन भीमदत्त नगरपालिका–०४ का वडा अध्यक्ष सुशिल भट्ट र नगर प्रवक्ता समेत रहेका भीमदत्त नगरपालिका–०५ का वडा अध्यक्ष पदम राज अवस्थी अग्र मोर्चामा रहेर कुशल कमाण्डिङ गरिरहेका छन् । नगरका १९ वटै वडाहरुमा अवैध संरचना हटाईने पालिकाले जनाएका छन् ।

प्रतिक्रिया दिनुस