कञ्चनपुर । कञ्चनपुरका विभिन्न राजनीतिक दलमा आबद्ध युवा, विद्यार्थीले भीमदत्त नगरपालिकाले पहुँचवाला व्यवसायीसंग तालाचाबी बुझ्ने निमुखामाथि डोजर चलाउने भन्दै बिरोध गरेका छन । क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले जिल्लाका क्रियाशिल राजनीतिक दलका युवा नेताहरुले भीमदत्त नगरपालिका र प्रशासनमा बुधबार ध्यानाकर्षण पत्र बुझाउँदै सबै अतिक्रमणकारीका सरचना हटाउनुपर्ने माग अघि सारेर दुवै कार्यालयमा ज्ञापन पत्र बुझाएको बताए । नेता ऐरका अनुसार जिल्लामा रहेका क्रियाशिल क्रान्तिकारी कम्युनिष्ट पाटी बैद्य समुह सहित नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव, राप्रपा सहितका दल निकट युवा विद्यार्थीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी र भीमदत्त नगरका मेयर पदम बोगटीलाई ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार अवैध सरचना खाली गर्न गराउन विभेद नगर्न ध्यानाकर्षण पत्र बुझाउँदै सो गरे आन्दोलनको चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुस