महेन्द्रनगर । पतंजलि योगपीठअन्तर्गत युवा नेपाल समिति कञ्चनपुरको समिति गठन गरिएको छ । युवा योग शिक्षक गणेश दत्त भट्टको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको बुधबार बिहान आयोजित योग शिविरमा जानकारी दिइएको छ ।

समितिको सहसंयोजकमा ईश्वरी बम चन्द रहनुभएको छ । सदस्यमा मनोज बडू, उत्सव सिंह, रामप्रसाद पाण्डेय, होमनाथ योगी, विद्या बम चन्द, भावना जोशी, लिला भट्ट, मिना जोशी बडू र क्षेत्रा चन्द रहनुभएको छ ।

समितिका मुख्य केन्द्रीय प्रभारी साध्वी डा. देवविजयाजीको सानिध्यमा जिल्ला समिति गठन गरिएको जनाइएको छ । युवा नेपाल समितिले युवा र विद्यार्थीमाझ योग तथा संस्कार शिक्षा विस्तार गर्ने संयोजक भट्टले जानकारी दिनुभयो ।

‘युवाहरू कूलतमा फस्ने गरेको र सामाजिक विकृति फैलिएको अवस्थामा योग शिक्षाको औचित्य बढेको छ,’ संयोजक भट्टले भने, ‘योग शिक्षालाई अब हरेक युवासम्म पुर्याउन प्रयास गरिनेछ ।’

प्रतिक्रिया दिनुस