कञ्चनपुर । कञ्चनपुरमा तत्तकालिन नेकपा माओवादीका लडाकु पुर्व जनमुक्ति सेना, सहिद, घाईते एव वेपत्ता परिवारलाई बाख्रा वितरण गरिएको छ । जिल्लाको कृष्णपुर नगरपालिका ३ नम्बर वडाले पुर्व जनमुक्ति सेना, सहिद एव वेपत्ता परिवारलाई बाख्रा वितरण गरेको हो । सोमबार एक कार्यक्रमका विच कृष्णपुर नगरपालिका ३ नम्बर वडाले पुर्व जनसेना, सहिद परिवार, घाईते र वेपत्ता भएका आफन्तका परिवारलाई बाख्रा वितरण गरिएको छ । कृष्णपुर नगरपालिका ३का वडाध्यक्ष खेमराज चौधरीले वर्तमान व्यवस्था ल्याउनमा पुर्व जनमुक्ति सेना, सहिद परिवार, घाईते र वेपत्तायोद्धाको अहम भूमिका भएकाले उनीहरुलाई सम्मान स्वरुप एकएक उन्नत जातका बाख्रा एव सम्मान गरिएको बताए ।

अध्यक्ष चौधरीले पुर्व जनसेना, घाईते, सहिद वेपत्ता पारिएका आफन्त परिवारलाई दोसल्ला ओढाएर प्रमाण पत्रका साथै सम्मान स्वरुप बाख्रा वितरण गरिएको बताए । वडाध्यक्ष चौधरीका अनुसार पुर्व जनमुक्ति सेना ९, सहिद परिवार ६ र वेपत्ता १ परिवारलाई बाख्रा सहित उनीहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको बताए । पुर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहेका कृष्णपुर माओवादीका युवा नेता दिपक खत्री(निर्माण)ले कृष्णपुर ३ नम्बर वडाले जिल्लामै पहिलो र नमुना काम गरेको बताए ।

‘यो व्यवस्था ल्याउनमा पक्कै पनि राजनीतिक दलसंगसंगै जनमुक्ति सेना, घाईते सहिद र वेपत्ता परिवारको महत्वपूर्ण भूमिका रह्यो, ‘उनले भने, ‘आज आएर एक वडाले जनमुक्ति सेना, सहिद, घाईते र वेपत्ता परिवारलाई सम्झिएको छ ।’ बाख्रा वितरण एव सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले नेपालको राजनीतिक परिर्वचनमा पुर्व जनमुक्ति सेना, सहिद परिवारले गरेको त्याग भूमिकाको कदर गर्दै कृष्णपुर ३ले गरेको सम्मान कार्यक्रमले उनीहरुको समेत आत्मबल बढ्ने बताए ।

‘यो परिर्वतन र अहिलेको उपलब्धीमा पुर्व जनमुक्ति सेना, राजनीतिक पाटी, सहिद एव वेपत्ता परिवार सहित जनताको आ–आफ्नो ठाँउमा भूमिका रह्यो, ‘उनले भने, ‘जसले जिवनको कुनै लोभ लालसा नदेखाएरै युद्ध मैदानमा हिड्नै उनीहरुकै सघंर्षको उपज हाज हामी जनताका छोराछोरी शासनका मालिका भएका छौँ ।’ सम्मान एव बाख्रा पाएका पुर्व जनमुक्ति सेनाले समेत स्थानीय सरकार वडाबाट आफुहरुको कामको मुल्याङकन गरिएको भन्दै आभार प्रकट गरेका छन ।

कृष्णपुर नगरपालिका ३देखतभूलीका स्थानीय एव पुर्व माओवादी कमाण्डर राम बहादुर रानाले जनताको म्ुक्तिका लागि संघर्षको मैदानमा गएको र भाग्यले बाँचिएकाले आज जनताकै छोराछोरी शासनका मालिक हुँदा आफुहरु मात्रै आम नागरिकको आत्मसम्मान भएको अनुभूति पाएको बताए । उनले केही मान्छेहरु यही व्यवस्थामा मालिक भएपनि यो व्यवस्था ल्याउनुका लागि ज्यान प्रवाह नगरी भूमिका निर्वाह गर्ने व्यक्ति पाटीप्रति अपमान गर्दै बलेको आगो ताप्न बाध्य भएको बताए ।

कृष्णपुर नगरपालिका ३का वडा सचिव राम बहादुर बोहराले पुर्व जनसेना, सहिद एव वेपत्ता परिवारलाई सम्मानका साथै उनीहरुलाई समेत कृषि व्यवसायमा सहभागिता गराउन उक्त कार्यक्रम ल्याएको बताए । जनताकै घरमा सिहदरबार आएकाले अब जनताको हितमा काम गर्नुको विकल्प नभएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुस