कञ्चनपुर । नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज विष्णू प्रकास उपाध्याय(बिराट)ले जिल्लाभरीका सुकुमबासीलाई व्यवस्थापन नगर्दासम्म बसकेकै स्थानबाट उठिबास नलगाउन आब्हान गरेका छन ।

नेकपा विप्लव जिल्ला इन्चार्ज बिराटले जिल्लाभरीका सुकुमबासीलाई व्यवस्थापन नगर्दासम्म बसकेकै स्थानबाट उठिबास नलगाउन आब्हान गरेका हुन । मंगलबार भीमदत्त नगर जनप्रतिनिधीलाई भेट्दै भीमदत्त नगरपालिका क्षेत्रका वास्तविक सुकुमबासीलाई उठाउन नहुने र उनीहरुको व्यवस्था नहुँदासम्म बसेकै स्थानमा बस्न दिनुपर्ने माग अघि सारेका छन । ‘भू माफिया र सुकुमबासीमा फरक छ, ‘उनले भने, ‘जबरजस्त उठाउन खोजे त्यसको पाटीले प्रतिकार गर्छ ।’ बिराटले वास्तविक सुकुमबासी भए नभएको छानबिन गरेर सुकुमबासी भए उचित व्यवस्थापन नभए मात्रै हटाउन सुझाव दिए । भीमदत्त नगरका जनप्रतिनिधीले अतिक्रमणकारी सबैलाई उठाउन सबै दलले सहयोग दिनुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुस