शुनिल राना

कञ्चनपुर । अहिले कञ्चनपुरमा प्रचण्डगर्मी भईरहेको छ । झण्डै ४४डिग्रीसेल्सिय तापक्रमसम्म पुगेको अवस्थामा भीमदत्त नगरपालिकाले समेत विद्यालय बन्द गरेको छ । स्थानीय सरकारले गर्मीको विदा दिएपछि विद्यालयमा पठन पाठन बन्द भएको मौका छोपेर महेन्द्रनगर नमुना मावि साधारण स्कुलले गर्मी विदाको सदुपयोग गरेको छ ।

भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर मावि(साधारण स्कुल)ले शिक्षक कर्मचारीहरुका लागि क्षमता विकास तालिम संचालन गरेको छ । विद्यालयकै आन्तरिक स्रोतबाट शिक्षक, कर्मचारीहरुलाई दुई दिने तालिम संचालन गरेको हो । बिहीबार एक कार्यैक्रमका विच भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले तालिमको उद्घाटन गर्दै विद्यालयले रचनात्मक काम गरेको बताए । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले सामुदायिक विद्यालय सुधारका लागि गर्मीको मौका छोपेर विद्यालयकै आन्तरिक स्रोतबाट शिक्षक कर्मचारीका लागि तालिम सचालन गरेको बताए । सरकारले गर्नुपर्ने काम विद्यालयबाटै भएपछि विद्यालयका शिक्षक कर्मचारी समेत हर्षित भएका छन । शुक्रबारसम्म तालिम संचालन हुनेछ ।

प्रतिक्रिया दिनुस