कञ्चनपुर । नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टले कञ्चनपुरका सीमावर्ती क्षेत्रसंग जोडिएका ईलाका प्रहरी कार्यालयको स्थलगत अनुगमन गरेका छन ।

एसएसपी विष्टले जिल्लाको दक्षिणी सीमावर्ती तीन ईलाका प्रहरी कार्यालयको स्थलगत अनुगमन गरेका हुन ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा अपराध अनुसन्धान शाखामा कार्यरत एसएसपी विष्टले बिहीबार ईलाका प्रहरी कार्यालय बेलडाँडी, बेलौरी र त्रिभुवनबस्तीको स्थलगत अनुगमन गरेका हुन ।

भारतसंग प्रत्यक्ष सीमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी र पुनर्वास क्षेत्रमा भारतबाट आउने लागु औषध, चोरी तस्करीदेखि चुनौतीपुर्ण क्षेत्र भएकाले एसएसपी विष्टले कार्यालयको आन्तरिक अनुगमन गरेको प्रहरी प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

अनुगमनका क्रममा एसएसपी विष्टले तीनै ईप्रका इन्चार्जदेखि प्रहरी कर्मचारीहरुलाई चोरी तस्करी, राजस्व चुहावट अपराध न्यूनिकरण र आउँदै गरेको मनसुनको आवश्यक तयारी एव हाईअलट बस्न निर्देशन दिएका छन । संगठन र सरकारले दिएको जिम्मेबारी अनुरुप आ–आफ्नो कार्य क्षेत्रमा हुने अपराध न्यूनिकरण गर्ने सुन्य सहनशिलताको नीति अनुुरुप काम गर्न समेत निर्देशन दिएका छन । जनतालाई मुस्कान सहितको सेवादेखि प्रहरीदेखेर जनता सुरक्षित भएको महसुुस हुनुपर्ने तस्कर, अपराधी समुह थरथर काप्नुपर्ने गरेर आफुलाई प्रस्तुत गर्न समेत निर्देशन दिएका छन ।

ईप्रका बेलडाँडीका इन्चार्ज कृष्ण कुँवर, बेलौरीका इन्चार्ज गौरीशंकर जैसी र त्रिभुवनबस्तीका इन्चार्ज हेमराज भट्टसहितका प्रहरी कर्मचारीले एसएसपीको स्वागत गरेका छन । आउँदै गरेको मनसुनलाई समेत मध्य नजर गर्दै नेपाल प्रहरीले आ–आफ्ना युनिटलाई हाईअलटमा राखेको छ । विपदको पुर्व तयारी, उद्दारका कार्यमा खटिन तयारी अघि बढाएकोछ ।

 

प्रतिक्रिया दिनुस