कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालले एघार महिनाको अवधिमा एक लाख पाँच हजार बढी नागरिकलाई स्वास्थ्य सेवा दिएको छ । कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पतालले चालु आर्थिक बर्ष ०८०÷०८१ मा १ लाख, ५ हजार २१८जना नागरिकलाई स्वास्थ्य सेवा दिएको हो ।

महाकाली प्रादेशिक अस्पतालको तथ्याङ्क अनुसार ओपिडीतर्फ ७३ हजार, ४५३ र ईर्मेजेन्सी तर्फ ३१ हजार, ७६५ बिरामीले उपचार पाएका छन ।

महाकाली अस्पतालमा विशेषज्ञ जनशक्ति तर्फ जनरल सर्जरी, बालरोग, स्त्री तथा प्रसुती एनेस्थेसियोलोजी सेवा करारमा जनशक्ति आएपछि बिरामीको संख्या बृद्धि भएको जनाईएको छ । ५ बाट डाईलाईसिस वार्ड १० बनाएको, सर्जरी तथा बालरोग विभागको छुट्टै व्यवस्था गरिएको, भौतिक पूर्वाधार विकास हुँदा सेवा सुविधामा समेत बृद्धि भएको छ ।

महाकाली अस्पतालले सिटी स्क्यान सेवा, ओपिडी भवन तला थप्ने, थप विशेषज्ञ चिकित्सको व्यवस्था, नयाँ भवनबाट सेवा शुचारु गर्ने, नयाँ फार्मेसी र पार्किङ्ग सेवा विस्तार गरिनेछ । महाकाली अस्पताल प्रादेशिक अस्पतालका निमित्त मेसु डा. अर्जुन कुमार भट्टले सिमित स्रोत साधनका विच अधितम स्वास्थ्य सेवा विस्तार गरिएको बताए । निमित्त मेसु भट्टले विगतका बर्षहरु भन्दा स्वास्थ्य सेवा विस्तारमा बदोत्तरी भईरहेको बताए । महाकाली अस्पताल प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट(किरण)ले दरबन्दी अनुरुप चिकित्सक स्वास्थ्यकर्मीको पदपूर्ति नहुँदा सेवा प्रभावमा समस्या भएपनि उपलब्ध स्रोत साधन प्रयोग गरेर सेवा प्रवाह गरिरहेको बताए । अध्यक्ष भट्टले थुप्रै सेवा प्रवाहले नागरिकको विश्वासको केन्द्र बनिरहेको बताए । उनले आगामी दिनमा थप सेवा सुविधा विस्तार गर्दै नागरिकलाई उच्चस्तरिय स्वाथ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस