कञ्चनपुर । मोहन बैद्य(किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पाटीले भीमदत्त नगरपालिकाको रबैया बिरुद्धमा संघर्षको चेतावनी दिएको छ ।

भीमदत्त नगरपालिकाले मातहत रहेको नगर विकास समितिको अतिक्रमित जमिन हटाउने विषयमा ठुलालाई छुट साना मजदुरमाथि धरकपट गर्ने कार्य गरेको भन्दै संघर्षको चेतावनी दिएको हो । अतिक्रमण रोकेपछि पाटीको जिम्मेबार युवा संगठनले नगरविकास समितिमा लगाएको तालाको विषयमा छलफल नै नगरेर नविसका पदाधिकारीले प्रहरी लगाएर ताला तोडेको भन्दै यस्तो हर्कत नगर्न चेतावनी दिएको छ । क्रान्तिकारी कम्युनिष्ट पाटीका इन्चार्ज बिक्र्रान्त र संयोजक शितलले हस्ताक्षर गरेको विज्ञप्तीमा अराजनीतिक हर्कत नगर्न र अवैध संरचना भत्काउन माग अघि सारेकोे छ ।

 

प्रतिक्रिया दिनुस