ईशु नेगी

महेन्द्रनगर । भन्सार कार्यालय कञ्चनपुरको तथ्यांकले विगत ५ वर्षदेखि लगातार लक्ष्यभन्दा कम राजस्व संकलन हुँदै गएको देखाएको छ् । उक्त कार्यालयको तथ्यांकका अनुसार विगत ५ वर्षदेखि नै लगातार लक्ष्यभन्दा कम भन्सार राजस्व संकलन हुँदै आएको जनाएको हो ।

 

गत आर्थिक वर्ष २०७५/७६ सालमा भन्सार कार्यालयको लक्ष्य ४० करोड १२ लाख ८४ हजार रुपैयाँ रहेको थियो भने, ३६ करोड ६७ लाख ८८ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । २०७६/७७ सालमा उक्त कार्यलयको ४८ करोड ६८ लाख ७५ हजार रुपैयाँ लक्ष्यबाट २६ करोड २८ लाख ९३ हजार रुपैयाँ मात्रै भन्सार राजस्व संकलन भएको थियो भने, उक्त आर्थिक वर्षमा ५४ प्रतिशतले मात्रै भन्सार राजस्व संकलन भएपछि भन्सार विभागले अर्को आर्थिक वर्षमा लक्ष्य नै घटाएको जनाकारी दिएको छ् ।

 

त्यसैगरी गत आर्थिक वर्ष २०७७/७८ सालमा मात्रै लक्ष्यभन्दा बढी भन्सार राजस्व संकलन भएको थियो भने, उक्त राजस्व समेत अघिल्लो वर्षको तुलनामा लक्ष्य घटाएर मात्रै प्रगति भएको तथ्यांकले देखाएको छ् । २०७७/७८ सालमा भन्सार कार्यालयको लक्ष्य ३५ करोड ६७ लाख ८८ हजार रुपैयाँ रहेको थियो भने, ३७ करोड ३९ लाख २३ हजार रुपैयाँले राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षमा १०५ प्रतिशतले भन्सार कार्यालयको राजस्व संकलन भएको छ् ।

 

त्यसैअनुसार गत आर्थिक वर्ष २०७८/७९ सालमा भन्सार कार्यालयको लक्ष्य ५२ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको थियो भने, ४६ कराेड २२ लाख ४३ हजार रुपैयाँले मात्रै उक्त कार्यालयको राजस्व संकलन भएको तथ्यांकले जनाएको छ् । गत आर्थिक वर्षमा भने ८८ प्रतिशतले मात्रै राजस्व संकलन भएको छ् । त्यसैअनुसार २०७९/८० सालमा भन्सार कार्यालयको लक्ष्य ५८ करोड ९६ लाख ४८ हजार रुपैयाँ रहेको थियो भने, ४२ करोड ९ लाख ९९ हजार रुपैयाँ संकलन भएको छ् । लक्ष्य भन्दा १६ करोड ८६ लाख ४९ हजार रुपैयाँले भन्सार राजस्व कम संकलन भएको हो । उक्त वर्षमा ७१.४० प्रतिशतले मात्रै भन्सार कार्यालयको राजस्व संकलन भएको छ् ।

 

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ सालको मासिक लक्ष्यका अनुसार साउन महिनाको लक्ष्य ४ करोड १४ लाख २३ हजार रुपैयाँ रहेको थियो भने, ३ कराेड ९९ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भनेको छ् । उक्त महिनामा ९६.४१ प्रतिशतले राजस्व संकलन भएको कार्यालयको तथ्यांकले जनाएको छ् ।

 

तथ्यांकका अनुसार भाद्र महिनामा ५ कराेड ६ लाख ३३ हजार रुपैयाँ लक्ष्य रहेको थियो भने, ५ कराेड ७९ लाख ८४ हजार रुपैयाँले राजस्व संकलन भनेको छ् । गत महिनाको भन्दा भाद्र महिनामा भने उक्त कार्यालयको राजस्वमा वृद्धि भएको तथ्यांकले देखाएको छ् भने, ११८.५२ प्रतिशतले भाद्र महिनामा राजस्व संकलन भएको छ् ।

 

त्यसैगरी असोज महिनामा ५ कराेड ३९ लाख ७ हजार रुपैयाँ लक्ष्य रहेको थियो भने, ५ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन भएको छ् । उक्त महिनामा १०५.५५ प्रतिशतले राजस्व संकलन भएको तथ्यांकले जनाएको छ् । उक्त कार्यालयको तथ्यांकका अनुसार कार्तिक महिनामा ४ करोड ८९ लाख ९६ हजार रुपैयाँ लक्ष्य रहेको थियो भने, ४ करोड ८१ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांकले देखाएको छ् । उक्त महिनामा ९८.२५ प्रतिशतले राजस्व संकलन भएको छ् भने, मंसिर महिनामा ५ करोड २५ लाख ९७ हजार रुपैयाँ लक्ष्य रहेको थियो भने, ४ करोड ६६ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ् । तथ्यांकका अनुसार उक्त महिनामा ८८.६९ प्रतिशतले भन्सार कार्यालयको राजस्व संकलन भएको छ् ।

 

त्यसैगरी पुस महिनामा ५ कराेड १६ लाख ५० हजार रुपैयाँ लक्ष्य रहेको थियो भने, ४ करोड ६६ लाख ४ हजार रुपैयाँ भन्सारको राजस्व संकलन भएको छ् । उक्त तथ्यांकमा ७५.३० प्रतिशतले मात्रै राजस्व संकलन भएको जनाएको छ् भने, ४ करोड ७३ लाख ५२ हजार रुपैयाँ माघ महिनाको लक्ष्यबाट २ करोड ८८ लाख २८ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको छ् । उक्त महिनामा ५९.६१ प्रतिशतले मात्र राजस्व संकलन भएको छ् । तथ्यांकका अनुसार उक्त महिनामा सबै भन्दा कम राजस्व संकलन भएको जनाएको छ् ।

 

त्यसैगरी फागुन महिनामा ५ करोड १७ लाख ९७ हजार रुपैयाँ लक्ष्यबाट ३ करोड ९९ लाख ३ हजार रुपैयाँ भन्सार कार्यालयको राजस्व संकलन भएको छ् भने, ७७.०४ प्रतिशतले मात्रै उक्त कार्यालयको राजस्व संकलन भएको छ् । यसैअनुसार ४ करोड ८१ लाख ७४ हजार रुपैयाँ चैत महिनाको लक्ष्य रहेको थियो भने, ४ करोड ३७ लाख ९५ हजार रुपैयाँ कार्यालयको राजस्व संकलन भएको छ् । उक्त महिनामा ९९.९१ प्रतिशतले राजस्व संकलन भएको भन्सार कार्यालयले जनाकारी दिएको छ् ।

 

कार्यालयको तथ्यांकअनुसार वैशाख महिनामा ४ करोड ८७ लाख १६ हजार रुपैयाँ लक्ष्य रहेको थियो भने, ४ करोड ५६ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको छ् । उक्त महिनामा ९३.७ प्रतिशतले राजस्व संकलन भएको छ् भने, ५ करोड २६ लाख ६७ हजार रुपैयाँ जेठ महिनाको लक्ष्यबाट ४ करोड ८६ लाख १९ रुपैयाँ भन्सारको राजस्व संकलन भएको तथ्यांकले देखाएको छ् । उक्त महिनामा ९२ प्रतिशतले मात्रै कञ्चनपुर भन्सार कार्यालयको राजस्व संकलन भएको छ् ।

 

त्यसैगरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको तथ्यांक अनुसार पछिल्ला पाँच वर्षयता भन्सार राजस्व क्रमिक रूपमा वृद्धि हुँदै गएता पनि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन् । खुला सीमानाका भएका कारणले गर्दा व्यवसायीले चोरी तस्करी गरेर सामान भित्र्याउने, ल्याएको सामान अनुरूप भन्सार नकाट्ने, भन्सारदेखि सीमा क्षेत्रमा खटिएका प्रहरीबाट लुकी र चोरी जस्ता विविध कारणहरूले गर्दा भन्सार राजस्व लक्ष्य अनुरूप संकलन हुन नसकेको अधिकारीहरू बताएका छन् । भन्सार कार्यालय गड्डाचौकीका नायव सुब्बा राम चन्द्र भट्टले सीमावर्ती जिल्ला भएर चोरी तस्करीदेखि बजारमा माग अनुरूप सामानको आपूर्ति नहुँदा भन्सार राजस्व संकलन हुन नसकेको बताए ।

 

उनले भने, ‘भारतबाट कपडा, औद्योगिक मेसिनरी, हार्डवेयर, कृषि उपकरण, फलफूल, तरकारी, पेपर, किराना पसलका समान लगाएत आउँने गरेको उनले बताएका छन् ।’ उनका अनुसार पछिल्लो समययता सीमानाकाबाट अवैध रुपमा ल्याउने गरेका समानहरू कम हुँदै गएको छ् भने, खुल्ला सीमानाका भएकाले साइकलमा क्यारीङ् गरेर समेत थुप्रै अवैध समानहरू नेपाल भित्रिने गरेको थियो भने, अहिले क्यारीङ् गर्नमा समेत पुर्ण रुपले रोक लगाए देखि चोरी तस्करीका समानहरू कम हुँदै गएको छ् ।

प्रतिक्रिया दिनुस