कञ्चनपुरको महेन्द्रनगरमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । आर्दश महिला समाज नेपालले टेवा नेपालको आर्थिक सहयोगमा आइतबार महेन्द्रनगरमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । स्वागत मन्तव्य राख्दै आर्दश महिला समाज नेपालका सचिव मञ्जु केसीले सामुायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण दोस्रो चरण परियोजना अन्र्तरगत सरोकारवालासंग अन्तरकृया कार्यक्रम गरिएको बताईन ।

उनले सरोकारवालाई उत्तरदायी बनाउन प्रत्यक्ष सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको बताईन । कार्यक्तममा टेवा नेपालक कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठले टेवा नेपालले महिलाको हक अधिकारका क्षेत्रमा गर्दै आएको कामकाज बारे प्रंकास पार्दै भावि महिलाको सुरक्षा, आत्मनिर्भर बनाउनका लागि सरोकारवाला निकाय जिम्मेबार बन्नुपर्नेमा जोडदिईन ।

महिलाहरुले सरकार निकाय जिम्मेबार नबन्दा आफुहरुले हिन्साबाट हक अधिकार एव आत्मनिर्भरका कार्यक्तमबाट बञ्चित भएको दुखेसो पोख्दै सरोकारवाला निकाय समक्ष प्रशन राखेका छन ।

कार्यक्रममा भीमदत्त नगरपालिका नगर प्रवक्ता पदमराज अवस्थी, भीनपा ४ का वडा सदस्य लक्ष्मी पाण्डेय(भट्ट), महाकाली अस्पताल एकद्धार संकट व्यवस्थापन केन्द्रका स्वास्थ्यकर्मी शुनिता थापा, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक जमुना जोशीले आ–आफ्नो कार्यालयबाट प्रदान गरिने सेवा र महिलाहरुले सोधेका प्रशनको जवाफ दिदै महिलाको हक अधिकार हिन्सामा परेका महिलाका न्याय, महिला उत्थानका क्षेत्रमा सहयोगको प्रतिबद्धता जाहेर गरेका थिए ।

कार्यक्रमको अध्यक्षतामा समेत ग्रहण गरेकी आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले महिलाका क्षेत्रमा कार्यरत संस्थाले महिलाहरुसंग प्रत्यक्ष सेवा प्रवाह गर्दैै आएका प्रहरी, स्थानीय सरकार, अस्पताल सहितका सरोकारवालासंग सम्वाद गरेर थप महिला आत्मनिर्भर अधिकार सुनुश्चित गराउने काममा लागेको बताईन । अध्यक्ष नेगीले सम्वाद मार्फत सरोकारवालाई थप उत्तरदायी बनाईने बताईन । कार्यक्रमा महिला सहित सरोकारवाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस