केशव थापा

कञ्चनपुर । कञ्चनपुरका चार स्थानीय सरकारले आगामी बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका छन । सोमबार भीमदत्त, बेदकोट, कृष्णपुर र बेलडाँडी स्थानीय सरकारले आगामी आर्थिक बर्ष ०८१÷०८२का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका हुन । बेलडाँडी गाँउपालिका, कृष्णपुर, बेदकोट र भीमदत्त नगरपालिकाले आ–आफ्नो पालिकाका नीति, कार्यक्रम एव नयाँ बजेट ल्याएको जनाएका छन । चारै पालिका सरकारले मुख्य योजना, विभिन्न योजनाको प्राथमिकताकरण एव निरन्तरताका योजना ल्याएका हुन । बेलडाँडी गाँउपालिकाले १५औँ गाँउ सभा गर्दै आगामी बर्षका लागि बजेट, नीति तथा कार्यक्रम ल्यााएको छ । बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले गाँउ सभामा बजेट प्रस्तुत गर्दै ५३करोड, १६ लाख, ६२ हजार बराबरको बजेट प्रस्तुत गरेकी छिन । बजेट प्रंस्तुत गर्दै उपप्रमुख नाथले महिला सहित गाँउको बृद्धिविकासका क्षेत्रमा थुप्रै कार्यक्रम ल्याएको बताईन । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले खेलकुदलाई प्राथमिकतामा राखेर खेलमैदान निर्माण नयाँ योजना अघि सारेको बताए । प्रमुख रानाले बेलडाँडी खेलकुदका लागि राम्रो सम्भावना भएकाले आधुनिक खेलमैदान नहुँदा खेलाडीलाई समस्या पर्ने भएकाले खेलकुद क्षेत्रको योजना अघि सारेको बताए । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, कृषि, मानविय विकास सहितका योजनालाई उच्च प्राथमिकतामा अघि सारेको बताउँदै संचालन हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिईने बताए । बेलडाँडीको सम्बृद्धिका लागि ल्याएका योजना प्रभावकारी कार्यान्वयन गर्दै अघि बढ्ने प्रमुख रानाको सकल्प छ । कृष्णपुर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ९७ करोड, ५लाख ६० हजार बराबरको बजेट ल्याएको छ । कृष्णपुर नगरको १५औँ नगर सभामा उपप्रमुख द्रोपती रानाले नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी थिईन । कृष्णपुर नगरका प्रमुख हेमराज ओझाले थुप्रै नयाँ कार्यक्रम एव दर्जनौँ प्राथमिकता र गत विगतका गौरबका योजना संचालन गरिने बताए । नगर प्रमुख ओझाले कृषिलाई उच्च प्राथमिकता दिर्दै नगरमा किसानका लागि कोल्ड स्टोर बनाउने बताए । ‘हाम्रो नगरपालिका कृषिका लागि प्रबल सम्भावना भएको पालिका हो, यहाँका किसान व्यवसायिक तरकारीखेतीदेखि थुप्रै कृषिजन्य कामकाजमा संलग्न छन, ‘उनले भने, ‘किसानले उत्पादन गरेका बस्तु स्टोकका लागि कोल्डस्टोर नहुँदा समस्यामा पर्दै आएका थिए, अब किसानको यो समस्या समाधान गर्न हामीले कृषि उपज भण्डारका लागि कोल्ड स्टोर बनाउने नयाँ योजना अघि सारेका छौँ ।’ यसका साथै शिक्षा क्षेत्र सुधारका लागि थुप्रै कार्यक्रम ल्याएको जसमध्ये सामुदायिक विद्यालयका प्रअहरुले मासिक ५सय भत्ता बृद्धि गर्दै १५सय पु¥याएको बताए । नगर अस्पताल, कृषि प्रंर्बद्धन कार्यक्रम, एडिबीका पूर्वाधारका कार्यक्रम संचालन गरिनेछन । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पूर्वाधार, मानवियक विकास सहितका पुप्रै योजनाहरु ल्याएर नगर सम्बृद्धि जनता आत्मनिर्भर बनाईने मेयर ओझाले बताए । बेदकोट नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ९८ करोड, ७५ लाख, ६४ हजार बराबरको बजेट ल्याएको छ । १५ औँ नगर सभामा नगर उपप्रमुख तुलसी जोशीले ९८ करोड, ७५ लाख, ६४ हजार बराबरको बजेट प्रस्तुत गरेकी थिईन । बेदकोटका नगर प्रमुख भोजराज बोहराले नयाँ बर्षमा नगर प्रहरी भर्नादेखि गत विगतकै गौरबका योजना सम्पन्न गरेर नगरलाई सम्बृद्धि बनाईने बताए । नगर प्रमुख बोहराले नगरको शान्ति सुरक्षा मध्यनजर गर्दै नगर प्रहरी भर्ना, कोल्डस्टोरको स्तरबृद्धि गर्दै संचालन गर्ने, आन्तरिक प्रर्यटन प्रर्बद्धनका लागि बेदकोट ताल क्षर््ोत्रमा कार्यक्रम गर्ने, आन्तरिक स्रोत साधन प्रयोग गर्दैनगरको सम्बृद्धि गर्ने बताए । नगर प्रमुख बोहराले शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद पर्यटन, पूर्वाधार सहितका कार्यक्रम प्राथमिकतामा राखिएको गत विगतकै अधुरा योजना निरन्तरता दिर्दै नगरलाई सम्बृद्धि बनाईने बताए । जिल्लाकै जेठो एव पुरानो भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । सोमबारदेखि शुरु भएको भीमदत्त नगरपालिकाको १५ औँ नगर सभामा १ अर्ब, ९५ करोड ६९ लाख, ३३ हजार बराबरको बजेट प्रस्तुत भएको छ । नगर प्रवक्ता पदमराज अवस्थीले नै नगर सभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आन्तरिक आय तर्फ ३० करोड हुने अपेक्षा गरिएको छ । नगर प्रवक्ता अवस्थीले ‘मेयर अन द स्र्पट कार्यक्रम’ एकदमै नयाँ भएको बताए । उनका अनुसार नगर क्षेत्रका दुर्गम क्षेत्र, अति विपन्न दलित, लोपोन्मुख, जाति, द्वन्द्वपीडित , महामारी पीडित, विपद् प्रभावित, हिन्सामा परेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गम्भिर दुर्घटनामा परेका व्यक्ति परिवार, साहरा बिहिन बेसाहराको उत्थानका लागि कार्यक्रम संचालन गरिनेछ । यसका साथै बुक फ्रि फ्राईडे कार्यक्रम समेत संचालन गरिने छ । हरेक शुक्रबार विद्यालयमा विद्यार्थीलाई किताब मुक्त गरेर अतिरिक्त कार्यक्रम संचालन गरिनेछ । फ्रि शव बहान सेवा, स्मार्ट हेल्थ, नगरलाई विषादीमुक्त बनाउँदै प्राङगारिक मल उत्पादनका कार्यक्रम संचालन गरिनेछन । नगर प्रवक्ता शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटनका उच्च प्राथमितामा राख्दै गत विगतमा अधुरा योजना पुरा गर्दै नगर सम्बृद्धिका योजना प्रभावकारी कार्यान्वयन गरिने बताए । नगर प्रवक्ता अवस्थीले नगर सभा शुरु भएको र नीति, कार्यक्रम एव बजेट अध्ययनका लागि नगर सभा सदस्यहरुलाई दिएको केही दिनभित्रै पुन नगर सभाको बैठकबाट पारित गरिने बताए । कावा नगर प्रमुख निलम लेखकको अध्यक्षतामा शुरु भएको नगर सभा नगर प्रमुख पदम बोगटी आएपछि नीति, कार्यक्रम, बजेट पारित गरिने प्रवक्ता अवस्थीले बताए । यस अघि जिल्लाका अन्य ५पालिकाले बजेट ल्याएका थिए ।

प्रतिक्रिया दिनुस