कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका एक युवा नेताले स्केटिङ एकेडेमी संचालनमा ल्याएका छन । रास्वपा युवा नेता महताले महेन्द्रनगरमा फारवेष्ट स्केटिङ एण्ड स्पोर्टस एकेडेमी संचालनमा ल्याएका हुन । गत १५ जेठ गणतन्त्र दिवसकै दिनदेखि फारवेष्ट स्केटिङ एकेडेमी संचालनमा ल्याएपनि मंगलबार औपचारिक उद्घाटन गरेका छन । रास्वपा नेता महताले अर्का युवा उमेश पाण्डेयसंगै साझेदारीमा उक्त फारवेष्ट स्केटिङ एण्ड स्पोर्टस एकेडेमीका संचालनमा ल्याएका हुन ।

फारवेष्ट स्केटिङ एण्ड स्पोर्टस एकेडेमीका संचालक ज्ञानेन्द्र महताले पछिल्ला दिनहरुमा बालबालिका, किशोर किशोरी र युवाहरु मोवाईलको लतदेखि कुलतमा फस्न लागेको अवस्थामा स्पोट संचालनमा ल्याएको बताए । ‘बालबालिकादेखि युवाहरुलाई स्केटिङमा व्यस्थ गराउँदै कुलतमा जोगाउने र अर्कातिर स्वास्थ्य, खेलकुद विकास गर्ने हाम्रो लक्ष्य छ, ‘उनले भने, ‘यसबाट समाजिक विकृती समेत न्यूनिकरण हुन्छन ।’ उनले प्रति घण्टा १सय ५०रुपैया शुल्क रहेपनि शुरुवाती चरणमा ५०रुपैया छुट गरिने बताए ।

भावि दिनमा थप स्तरिय बनाउँदै लैजाने सं्रचालक महताले बताए । अर्का संचालक उमेश पाण्डेयले स्पोटमा चार प्रशिक्षक समेत रहेको बताउँदै उनले दैनिक ३ सयसम्म खेल्नका लागि आउने गरेको बताए । कराँते मुख्य प्रंशिक्षक बिमल खडायतले सम्भवत जिल्लामै पहिलो पटक स्केटिङ एकेडेमी महेन्द्रनगरमा संचालनमा आएको बताए ।

उनले खेलबाट मुटु सुरक्षादेखि खेलकुदको विकास हुने बताए । समाजसेवी तथा पुर्व क्षेत्रीय वन अधिकृत रमेश चन्द(ठकुरी)ले महेन्द्रनगरमा संचालनमा आएको फारवेष्ट स्केटिङ एण्ड स्पोर्टस एकेडेमीबाट स्थानीयले लाभ लिनुपर्नेमा जोडदिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक चक्रराज जोशीले बालबालिकामा मोवाईलको लत, किशोरकिशोरी र युवायुवती लागु औषधको कुलतमा फसिरहेका बेला स्पोर्टले मोवाईल लत र कुलतबाट जोगिन टेवा पुग्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले स्पोर्टका संचालक ज्ञानेन्द्र सिह महताले नयाँ सृजनात्मक कामको प्रसंसा गरेका छन ।

‘यस अघि ज्ञानेन्द्र जीले मानव स्वास्थ्य बनाउनका लागि ड्रागनफुट ल्याए अब स्वास्थ्य सुधारका लागि तालिम सेन्टर ल्याएका छन, ‘उनले भने, ‘कुलत र लतबाट बालबालिकादेखि युवा बचाउन मदत पुग्छ ।’ उद्घाटन कार्यक्रममा १० जना खेलाडीलाई कुपन मार्फत पुरस्कार र कुटियामा बस्दै आएका माता आमालाई खाद्यान्न समेत वितरण गरेका छन ।

प्रतिक्रिया दिनुस