बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पद र शक्तीको बारम्बार दुरुपयोग गर्दै आएकी छिन् ।

उपाध्यक्ष शान्ति नाथले बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमारीमा रहेको जमुना गाई भैसी कृषक समुहमा आफुले प्रदेश सरकारबाट अनुदान हालिदिएको भन्दै १६ लाख मागेको पिडितले पत्रकार सम्मेलन जानकारी गराए । समुहका १५ किसानले गाई भैसी पालनका लागि प्रदेश भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र कञ्चनपुरको ७५ प्रतिशत लागत साझेदारी समुदायमा आधारीत अनुदान कार्यक्रम आफुले मिलाई दिएको र १२ लाख मिलाए बाफत हाकिमलाई दिनुपर्ने र ४ लाख आफुलाई बहिनी सम्झेर दिनु होला भन्दै घुस मागेको आरोप पत्रकार सम्मेलन मार्फत बताए ।

गाई भैसी कृषक समुहका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरबाट ७५ प्रतिश लागत अनुदान स्वरुप रु ४० लाख अनुदान रकम आएको थियो । उक्त कार्यक्रम अनुसार समुहले ३० वटा मोट्रा भैसी, प्रजनन्का लागि एक रागा, १५ वटा गोठ मर्मत, घाँस विकास, १५ वटा स्टील मिल्क केन खरिद, युएमएमवि खरीद, भैसी पालन तालिम, प्रजिवि नियन्त्रण, भैसी ढुवानी, स्टमेट निर्माणमा लगानी गर्नुपर्ने हुन्छ ।

तर उपाध्यक्ष नाथले समुहका अध्यक्षका श्रीमान हरिकिसन रानालाई तपाईले भैंसी किन्नु पर्दैन जिल्लाको र प्रदेशको अनुगमन आउने बेला भाडामा भैंसी ल्याएर देखाउला कार्यक्रम पास गर्ने जिम्मा मेरो भनेपछि बैंशाख २५ गते जिल्ला प्रदेशको टोली अनुगमनमा आउने बेला उपाध्यक्ष शान्ति नाथको डिजाईनमा भैंसी भाडमा ल्याएको कृषक राना स्वीकार गर्छन् । अनुगमन टोलीलाई भैंसी भाडामा ल्याएका छन् भन्ने खवर अगाडी पुगिसकेको थियो । अनुगमन समितिले बैशाख २५ गते अनुगमन गर्ने र २६ गते भुक्तानी गर्ने पहिलै कृषकलाई बताएका थिए भने यता उपाध्यक्ष शान्ति नाथले अनुगमन पास भैहाल्छ अव हाकिमहरुलाई पैसा दिनु पर्यो भनेर तुरुन्त आफ्नो बुहारी नाता पर्नेको नाममा रानाको व्याक्तिगत १२ लाखको चेक काट्न लगाईन र ४ लाख नगद भुक्तानी हुने वित्तिकै दिनुहोला भन्दै दवाव दिन थालिन ।
उता भैंसी भाडामा देखेपछि जिल्लाबाट आएको अनुगमन टोली डग्मगायो र भुक्तानी रोकिदियो । भुक्तानी जेठ ११ गते सम्म रोकिएपछि कृषक राना पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर पुगे । त्यहाँका कर्मचारीहरुले सबै ठिक छ तर भैंसी भाडामा ल्याएको हुदा हामी भुक्तानी गर्न नसक्ने बताएपछि कृषक रानाले अव कसरी भुक्तानी हुन्छ त भनेर सोध्दा कार्यालयले ५,७ दिन भित्र भैंसी तपाईले किने भुक्तानी दिने भनेपछि कृषक रानाले फेरी उपाध्यक्ष नाथ संग भैंसी अनिर्वाय किन्नुपर्ने देखियो भन्ने सल्लाह गरे । दुबैको सल्लाह अनुसार ५ भैंसी उपाध्यक्ष नाथले आफ्न्तबाट किनिन भने बाँकी भैंसी रानाले आफै किने । भैंसी ३० पुगेपछि कार्यालयले भुक्तानी गरिदियो ।
उपाध्यक्ष नाथले जसबाट भैंसी किनेकी हुन उनीहरु ५ जनाको नामको चेक आफैले बुझिदिइन् । सबै भैंसी किन्नु परेपछि पैसा नबच्ने देखियो, पैसा नबचेपछि राना र उपाध्यक्ष नाथको दुरी बढ्दै गयो । उपाध्यक्ष नाथले रानालाई बारम्वार ४ लाख नगद दिन र १२ लाख बुहारी पर्नेको नाममा काटिएको खातामा हाल्न दवाव दिन थाले । यति मात्र होइन उपाध्यक्ष नाथले शक्ति र पदको दुरुपायोग गर्दै रानाको घरमा बारम्बार कहिले छोरा, कहिले प्रहरी, कहिलै सिविल प्रहरी पठाउन थाले । त्यति मात्र होइन भैंसी वालालाई भैंसीको भुक्तानी नभएको भन्दै प्रहरीमा उजुरी दिन लगाए तर भैंसीको भुक्तानी भईसकेको बैंक स्टेटमेन्टले देखाएको छ । अनेकौं दबाब र तनाव सहन नसकेर राना १०/१२ दिन गायब भए ।

विना गल्ती किन लुग्नु पर्यो भनेर गाउँलेहरुले रानालाई घरमै बस्न सुझाव दिए । कसैले अनावश्यक दुःख दिन्छ भने त्यसको हामी सबै मिलेर अव प्रतिकार गर्ने भनेर गाउँलेहरु एकजुट हुदै उनलाई घर बोलाए । उपाध्यक्ष नाथको भैंसी भाडामा ल्याएर बजेट कुम्ल्याउने योजना फेल भएपछि यो कुरा बाहिरिएको हो ।
यस विषयमा बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले आफुले कुनै घुस नमागेको जनाइन । उनले भनिन खोर निर्माणका लागि मेरो आफन्त बाट हरकिशन रानालाई ऋण दिलाईदिएको बताए ।
उपाध्यक्ष नाथका लागि यी सबै सामान्य हुन । आफै अुनगमन समितिकी संयोजक समेत रहेकी उपाध्यक्ष नाथले वडा नं ५ मा रहेको बैजनाथ मावि बाट गत बर्ष ३ लाखको चेक बुझेका थिए । उक्त चेक विवादित बनेपछि १ बर्ष पछि फिर्ता गरेका थिए । यस्तै उनले कयौं तमाम क्रियाकलाप गर्दै आएको सबैलाई अवगत नै छ । यता नेपाली कांग्रेसले उनको संरक्षण बारम्वार गर्दा समेत यहाँका राजनितिक दल, समाजसेवी बुद्धिजिबी सर्कल कोहि बोल्दैनन् । उनले अवैध घर बैध बनाएर बैंकलाई समेत झुक्याएर ठुलो ऋण लिएका थिए। मिडियाले थाहा पाएपछि उक्त बैंकको ऋण एकमुष्ठ चुक्ता गरेका थिए । ती प्रमाण सबै अहिले समेत हामी संग सुरक्षित छन् ।

प्रतिक्रिया दिनुस