कञ्चनपुर । कञ्चनपुरका एक भैँसीको कारोबार गर्दै आएका व्यवसायीले शसस्त्र प्रहरी बल ब्रम्हदेबले बाँधेका भैँसी नियन्त्रणमा लिएर भन्सार पु¥याईदिएको दुखेसो पोखेका छन ।

भैँसीको कारोबार गर्दै आएका व्यवसायी ईन्द्र सिह कार्कीले बुधबार दिउँसो भीमदत्त नगरपालिका ९रिगौनाबाट शसस्त्र प्रहरी बल ब्रम्हदेबले बाँधेका भैँसी नियन्त्रणमा लिएर भन्सार पु¥याईदिएको दुखेसो पोखेका हुन ।

दिउँसो सशस्त्र प्रहरीले खेतमा बाँधेर राखेका भैसी नियन्त्रणमा लिएपछि कार्कीले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरीले आफुमाथि अन्याय गरेको बताए । उनले बाँधेर राखेका भैसी भारत लग्न लागेको आरोप लगाएर नियन्त्रणमा लिदै भन्सार चलान गरिदिएको बताए । सशस्त्र प्रहरी बलको बिओपी ब्रम्हदेबका इन्चार्ज प्रहरी निरीक्षक शकर सिह बोहराले जबरजस्त तारमा बाँधेर राखेको भैसी नियन्त्रणमा लिएर भन्सार चलान गरिदिएको बताए । तीन पाडा सहित चार भैसी जबरजस्त गरेर नियन्त्रणमा लिएर भन्सार चलान गरेको उनको दुखेसो छ । ‘मैले ति भैसी भारत लग्न लागेको भए नियन्त्रणमा लिनु स्वभाविक हो, तर भारत नलग्दै बाँधेर राखेका भैसी खोलेर लग्नु दुखत विषय भयो, ‘उनले भने, ‘यस विषयमा सशस्त्र प्रहरीका माथिल्ला निकायमा जानकारी गराउँदा समेत बिओपी इन्चार्ज बोहराले छाडन मानेन ।’ एक दिन अघि आएर आफुसंग भोली कार्यालयमै आउनु भनेर गएका सशस्त्र प्रहरीले दोस्रो दिन बरामद गरेको यो विषयले समेत नियतमै खोट देखिएको कार्कीको भनाई छ ।

आफुले चोरेर ल्याएको नभई खरिद गरेर ल्याएर नेपालमै बेच्नका लागि ल्याएका भैसी बरामद गरेर भन्सार चलान गरेर व्यवसायीलाई मारमा परेको कार्कीको दुखेसो छ । सशस्त्र प्रहरीले उक्त भैसी भारत लग्न लागेको अवस्थामा नियन्त्रणमा लिएर भन्सार बुझाएको जनाएको छ । बिओपी ब्रंम्हदेबका इन्चार्ज शंकर सिह बोहराले भारतमा लग्न लागेको अवस्थामा बरामद गरेर भन्सार चलान गरेको उनको दुखेसो छ ।

प्रतिक्रिया दिनुस