बेलडाँडी । नेकपा एमाले बेलडाँडी गाउँकमिटीले बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले गरेका कर्मकाण्डको बारेमा ध्यानाक्रर्षण भएको जनाउदै छानविन गरी कार्वाहीको माग अघि सारेको छ । नेकपा एमाले बेलडाँडी गाउँकमिटी अध्यक्ष प्रेमराज खातीले बिहिवार हस्ताक्षर गरेको विज्ञप्तीमा यस्तो माग अघि सारेका छन् । प्रस्तुत विषय सम्वन्धमा बेलडाँडी गा. पा. वार्ड न. ३ को जमुना गाईभैंसी कृषक समुह लाई प्रदेश सरकारले भैसी पालनका लागि दिएको अनुदानमा बेलडाँडी गा. पा. उपाध्यक्ष जस्तो जिम्मेवार जनप्रतिनिधिबाट कमिसन र भ्रष्टाचार गरी रकम माग गरेको कुरा प्रति हाम्रो पार्टीको गम्भिर ध्यान आर्कषण भएको छ । किसानहरुको उत्थानका लागि राज्यद्वारा दिइने अनुदानको सही सदुपयोग भयो भएन भनी अनुगमन गर्नुपर्ने जनप्रतिनिधि बाट नै यस्तो हर्कत भएको कुरा सञ्चार माध्यममा आउनु गम्भिर विषय भएको भन्दै यथासिघ्र छानविन गरी दोषीमाथी कडा कारवाही गर्न सरोकारवाला निकायसँग नेकपा एमाले बेलडाँडीले जोडदार माग गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुस