कञ्चनपुर । एक विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा कञ्चनपुरका बिरामी पत्रकारलाई आर्थिक सहयोग गरेका छन । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज किशोर भट्टले जन्मदिनको अवसरमा पत्रकार डिल्लीराज पन्तलाई आर्थिक सहयोग गरेका हुन । भीमदत्त नगरपालिका २ उल्टाखामका स्थानीय समेत रहेका विद्यार्थी नेता एव अधिवक्ता भट्टले १२ असारमा आफ्नो जन्मदिनको अवसरमा बिरामी पत्रकार पन्तलाई नगद ५ हजार १सय रुपैया आर्थिक सहयोग गरेका छन ।

नेता भट्टले आफ्नो गृह जिल्लामा रहेका समसायिक विषय उठानदेखिका काममा खटिने पत्रकार पन्तलाई बिरामीका बेला सहयोगी भावनाले सहयोग गरेका हुन । जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा समाजका लागि खटिने पत्रकार जगत संकटमा परेका बेला केही औषधी खरिदमा सहजताका लागि सहयोग गरेको नेता भट्टले बताए । ‘मैले आफ्नो जन्मदिनको अवसरमा समाजका लागि खहोरात्र खटिने पत्रकार पन्तलाई सानै भएपनि संकटका बेला सक्दो सहयोग गरेको बताए ।

समाजका लागि खटिने पत्रकार पन्त लामो समयदेखि बिरामी भएपछि भीमदत्त नगरपालिका १२ ऐरी घरमै बस्दै आएका छन । बिहीबार एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले पत्रकार पन्तलाई क्रान्तिकारी नेता भट्टले सहयोग गरेको रकम घरमै गएर हस्तान्तरण गरेका छन ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा महासंघका सचिव अवस्थी सहितका पत्रकार अम्बादत्त तिवारी, मोहन विष्ट, भाष्कर केसी, केशव भट्ट, गोकुल जोशी, जनक बहादुर चन्द, प्रकास भट्ट सहित सहभागि थिए ।

पत्रकार डिल्लीराज पन्तले आफु लामो समयदेखि बिरामी भएका बेला स्वास्थ्यका लागि ख्याल गर्दै सद्भाव देखाउने क्रान्तिकारी नेता किशोर भट्टप्रति आभार प्रकट गरेका छन । क्रान्तिकारी नेता भट्टले हरेक बर्ष जन्मदिनको अवसरमा अनाथ, बेसाहरा, विपन्न दलित , जेहेन्दार विद्यार्थीदेखि बिरामी, जेष्ठ नागरिक सहित संकटमा परेका मानिसलाई सहयोग गर्दै आएका छन ।

प्रतिक्रिया दिनुस