कञ्चनपुर । कञ्चनपुरको एक स्थानीय सरकारका प्रहरीलाई क्षमता तालिम विकास तालिम दिईएको छ ।

भीमदत्त नगरपालिका नगर प्रहरीलाई सुशासन तथा क्षमता विकास सम्बन्धी तालिम दिईएको हो ।

नगरपालिका कार्यालयले नै नगर प्रहरीलाई शुक्रबारदेखि तालिम दिन लागेको छ ।

नगर प्रहरी परिचालन संयोजक हेम बहादुर बस्नेतले विपद्का बेला नगर प्रहरीलाई खटाउनका लागि उनीहरुको क्षमता विकास गर्न तालिम लिन लागेको बताए ।

‘अहिले विपद्को समय छ, यतिबेला वाढी, कटान, डुवान जस्ता विपद् निम्तिछन, ‘उनले भने, ‘त्यसको तयारीका लागि समेत हामीले तयारी अघि बढाएका छौँ ।’

भीमदत्त नगरपालिका विपद् व्यवस्थापन समिति शाखा प्रमुख मनोज प्रशाद भट्टले ३२ जना नगर प्रहरीलाई विपद् व्यवस्थापनका खटाउनका लागि तालिम संचालन गरिएको बताए ।

उनका अनुसार पहिलो दिन प्रहरी निरिक्षक सुरेन्द्र प्रशाद जोशी, विपद जानकार हिमालय थापाले प्रशिक्षण दिएका छन ।

दोस्रो दिन सशस्त्र प्रहरी र रेडक्रसबाट तालिम दिईने छ ।

भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले मेयर अन द स्पेर्ट कार्यक्रम प्रभावकारी बनाउन नगर प्रहरीलाई विपदको तालिम दिन लागेको बताए ।

भीमदत्त नगरका कार्यबाहक मेयर केशव विष्टले नगर प्रहरीलाई १९वटै वडाहरुमा आउने विपद् व्यवस्थापनका खटाउनका लागि तालिम दिन लागेको बताए । शुक्रबारसम्म तालिम संचालन हुनेछ ।

प्रतिक्रिया दिनुस