कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको ईन्टरनेशल पब्लिक माध्यामिक विद्यालयका विद्यार्थी सोमित कार्कीले चार जिपिए ल्याएका छन ।

०८०मा संचालन भएको माध्यामिक शिक्षा परीक्षा(एसईई)मा सहभागि भएका कञ्चनपुर महेन्द्रनगरका ईन्टरनेशल माध्यामिक विद्यालयका विद्यार्थी सोमित कार्कीले चार जिपिए ल्याएका हुन ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एसईईको नतिजा सार्वजनिक गरे अनुरुप कार्कीले सर्वाधिक अंक ल्याएका छन ।

विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले इन्टरनेशनल पब्लिक स्कुलबाट १२४ जना परीक्षार्थी एसइईमा सहभागि भएका थिए । १२४ मध्ये ३२ जनाले ‘ए प्लस’, ५६ जनाले ‘ए’, ३५ जनाले ‘बि प्लस’ र एक जनाले ‘बि’ ग्रेड प्राप्त गरेको बताए ।

महेन्द्रनगरकै स्थानीय समेत रहेका कार्की नेपाल प्रहरीका प्रहरी निरीक्षक सोभान सिंह कार्कीका छोरा हुन ।

२८ वर्षदेखि सुदूरपश्चिमलाई शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान एवं उपलब्धी दिदै आएको महेन्द्रनगरको इन्टरनेशनल पब्लिक स्कुल २०५३ सालमा स्थापना भएको हो । सुदूरपश्चिम प्रदेशमै सात पटक सम्म प्रथम भई नेपाल सरकारबाट इन्टरनेशनल पब्लिक स्कुलले पटक पटक सम्मान थाप्दै आएको छ । सर्वाधिक अक ल्याएका कार्कीलाई अहिले बधाई दिईरहेका छन ।

प्रतिक्रिया दिनुस