प्रदिप राना

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाई कार्यालय धनगढी कैलालीले बृक्षारोपण गरेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेश अन्र्तगत प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाई कैलालीले बृक्षारोपण गरेको हो ।
प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाई कैलालीका निमित्त कार्यालय प्रमुख डबल बहादुर बोहराले पर्यावरण संरक्षणका लागि विभिन्न प्रजातिका बिरुवा कार्यालय परिषरमा रोपिएको बताए ।
निमित्त कार्यालय प्रमुख डबल बहादुर बोहराले दिनदिनै वन विनाश भइरहेकाले बाढी पहिरोको समस्या बढ्दै गइरहेको र यसलाई नियन्त्रण गर्न वृक्षरोपण मात्र नभई रोपिएका बिरुवाको संरक्षण गर्ने गरी वृक्षरोपण गरेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुस