कञ्चनपुर । कञ्चनपुरको एक संस्थागत(निजी) विद्यालयका तीन जना विद्यार्थी एसइईमा टपर भएका छन । भीमदत्त नगरपालिका ३ महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमीका तीन विद्यार्थी टपर भएका हुन । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसइई परीक्षा ०८०को नतिजा अनुरुप महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीका एक छात्रा दुई छात्र गरि तीन विद्यार्थी टपर भएका छन । प्रतिक्षा खाती, बिपिन प्रशाद बाग र प्यासेफिक रावलले ३.्र९५ग्रेट ल्याएका छन ।

लिटिल बुद्ध एकेडेमीको तथ्याङ्क अनुसार तीन विद्यार्थीले सर्वोत्कृष्ट स्थान हासिल गरेका छन । उनीहरु तिनै जना चार जिपिएर नजिक पुगेका छन । लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले विद्यालयले ०८०को एसइई परीक्षमा उत्कृष्ठ नतिजा ल्याएको बताए ।

प्रिन्सिपल मौनीका अनुसार ३३ विद्यार्थीले ए प्लस ल्याएका छन । ‘०८० को एसइईमा ए प्लस ल्याउने कञ्चनपुर जिल्लामै लिटिल बुद्ध पहिलो विद्यालय बनेको छ, ‘प्रिन्सिपल मौनीले भने, ‘विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भयो ।’

४७ विद्यार्थीले ए, ३४ विद्यार्थीले बि प्लस र १४ विद्यार्थीले बि ग्रेट ल्याएका छन । कुल १२८ मध्ये सबै विद्यार्थी उर्तिण भएको प्रिन्सिपल मौनीले बताए । यस अघि पनि विगतका बर्षहरुमा लिटिलबुद्धले एसइईमा उत्कृष्ठ नतिजा ल्याईरहेको विद्यालयको दावि छ ।

प्रतिक्रिया दिनुस