कञ्चनपुर । बरिष्ठ पत्रकार कर्णदेव भट्टको निधन भएको छ । गयराती भीमदत्त नगरपालिका ६महेन्द्रनगर कञ्चनपुर निवासमै आकस्मिक निधन भएको हो । पत्रकार भट्टको पारिवारिक स्रोतका अनुसार बिरामी रहेका पत्रकार भट्ट उपचारका लागि काठमाण्डौँ जाने तयारी अवागै निधन भएको छ । सुदूरपश्चिम प्रदेशको जेठो पत्रिकार फारवेष्ट टाईम्स दैनिकका प्रधान सम्पादक समेत रहेका पत्रकार भट्ट नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति थिए ।

पत्रकार महासंघ शाखा कञ्चनपुरका सदस्य समेत रहेका पत्रकार भट्टको निधनले कञ्चनपुर सहित प्रदेशमा अपुरणीय क्षति भएको महासंघले जनाएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले अग्रज पत्रकार अभिभावक गु्माएसंगै प्रदेशमै क्षति पुगेको बताए ।

पत्रकार भट्टले नै संचालन एव प्रधान सम्पादक रहेको फारवेष्ट टाईम्स दैनिक सुप प्रदेशको पत्रकार जन्माउने पत्रिका भएको बताए । महासंघले भट्टको निधनप्रति गहिरो समवेदना प्रकट गरेको छ । पत्रकार भट्टका दुई छोरा बाह्य भएकाले उनीहरु आएपछि मात्रै अन्त्येष्टी गरिने परिवार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुस