नरेश राना
कञ्चनपुर । कञ्चनपुरको एक वडालाई सुरक्षित सुत्केरी वडा घोषणा गरिएको छ । लालझाडी गाँउपालिका २ नम्बर वडालाई सुरक्षित सुत्केरी वडा घोषणा गरिएको हो । लालझाडी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नं २ को शंकरपुर स्वास्थ्य चौकीमा पुर्ण संस्थागत सुरक्षित सुत्केरी वडा घोषणा तथा बाल प्रोत्साहन कार्यक्रम अन्तर्गत वडालाई सुरक्षित सुत्केरी वडा घोषणा गरिएको बताए ।

वडाध्यक्ष आशाराम रानाका अनुसार ६ महिनादेखी २ वर्ष मुनिका बालबालिकाहरुलाई पोषण सामाग्री वितरण गरिएको बताए । कार्यक्रममा प्रमुख अतिथी लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, विशिष्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी रहेका थिए ।

कार्यक्रम सञ्चालन जन स्वास्थ्य निरिक्षक दशरथ रानाले गरेका थिए । उक्त कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, २ वर्ष मुनिका बालबालिका तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । सुरक्षित सुत्केरी वडा घोषणा भएपछि वडावासी खुसी भएका छन ।

प्रतिक्रिया दिनुस