कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक वनले उपभोक्तालाई ग्याँस चुलो वितरण गरेको छ । शुक्लाफाँटा नगरपालिका ८पारीफाँटामा रहेको भगवती सामुदायिक वन उपभोक्ता समुहले उपभोक्तालाई खाना पकाउने ग्याँस चुलो वितरण गरेको हो ।

बिहीबार एक कार्यक्रमका विच भगवती सामुदायिक वनले उपभोक्तालाई एलपी ग्याँसचुलो वितरण गरेको हो । भगवती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केशव धामीले वनमाथिको दाउराको चाप कम गर्नका लागि सामुदायिक वनका ९०उपभोक्ताहरुलाई ग्याँस चुलो वितरण गरिएको बताए ।

‘हामीले ५०प्रतिशत अनुदारमा एकै पटक ठुलो संख्यामा उपभोक्ताहरुलाई ग्याँस चुलो वितरण गरेका छौँ, ‘उनले भने, ‘यसबाट उपभोक्ताहरुले वनमाथि दाउराको भार कम गर्छ ।’ अध्यक्ष धामीले विगतमा पनि गरेको र भावि दिनमा पनि वितरण गर्ने बताए ।

‘उपभोक्ताहरुलाई खाना पकाउनका लागि ग्याँस चुलो वितरण गरेपछि उनीहरु दाउराका लागि वनमा जाँदैनन, ‘अध्यक्ष धामीले भने, ‘एकातिर वनमाथि दाउराको भार कम अर्कातिर पर्यावरण सरक्षण हुन्छ, उपभोक्ताको समय समेत बचत हुन्छ ।’

५० प्रतिशत अनुदानमा सामुदायिक वनका उपभोक्ताहरुले ग्याँस चुलो पाएपछि हर्षित भएका छन । उनीहरुले खाना पकाउने ग्याँस चुलो पाएपछि वनमा दाउराका लागि जाने बाध्यता हटेको बताएका छन । सामुदायिक वनले आ–आफ्ना उपभोक्ताहरुलाई यसरी खाना पकाउने ग्याँस चुलो वितरण गरेसंगै वनमाथिको भार कम हुँदै जाने सरक्षणकर्मीको भनाई छ ।

प्रतिक्रिया दिनुस