कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको अतिक्रमित वन क्षेत्र हटाउन सरोकारवाला एकमत भएका छन । कञ्चनपुरका राजनीतिक दल सहितका वन सरक्षणकर्मी एकमत भएका हुन । बिहीबार वन निर्देशनालय धनगढी कैलालीले कञ्चनपुरमा आयोजित समन्वय गोष्ठीमा सहभागि सरोकारवालाहरुले अतिक्रमित वन क्षेत्रको जमिन खाली गर्नुपर्नेमा जोडदिएका छन ।

सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टले प्रदेशको राष्ट्रिय सहितको अतिक्रमित वन क्षेत्र खाली गराउनका लागि निर्देशनालयले जिल्लाका सरोकारवालासंग छलफल गरेको बताए । वन निर्देशक विष्टले पछिल्ला दिनहरुमा सुदूरमा मानवबस्ती विस्तारदेखि विभिन्न सुकुमबासीका नाममा वन अतिक्रमण भईरहेकाले थप अतिक्रमण हुनबाट जोगाउन वन कार्यालय सहितका निकाय चनाखो हुनुपर्नेमा जोडदिए ।

वन निर्देशक विष्टले राजनीतिक दल, वन सरक्षणकर्मी, सुरक्षाकर्मी सहित सरोकारवालाहरुसंग वन क्षेत्र अतिक्रमणबाट जोगाउने र वन क्षेत्रको विकासका लागि समन्वयात्मक बैठक आयोजना गरेको बताए । ‘यो कार्यक्रम हाम्रो निर्देशनालयकै हो, ‘निर्देशक विष्टले भने, ‘यसरी वन क्षेत्रका सरोकारवालासंग संयुक्त छलफल गरेर उहाँहरुको प्रतिबद्धता लिईएको छ, अब सोही अनुरुप डिभिजन, सव डिभिजन वनहरुलाई आ–आफ्नो क्षेत्रको अतिक्रमण हटाउन निर्देशन दिईनेछ ।’

वन निर्देशक विष्टले सुप प्रदेशमा ११लाख, ४६ हजार हेक्टर वन क्षेत्र मध्ये २६ हजार, २सय ८४ हेक्टर वन क्षेत्र अतिक्रमण भएको बताए । कैलालीमा मात्रै २२ हजार हेक्टर रहेको छ । वन निर्देशक विष्टले अब नयाँ कुनैपनि वन क्षेत्र अतिक्रमण हुन नदिन वनका कर्मचारीहरुलाई निर्देशन दिएका छन ।

कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पाटीका प्रतिनिधीहरुले समेत अतिक्रमण वन क्षेत्र खाली गराउन र थप वन अतिक्रमण हुन नदिने प्रतिबद्धता जाहेर गरेका छन । वन सरक्षणकर्मी एव पुर्व प्रदेश सभा सदस्य महेश दत्त जोशीले अतिक्रमण क्षेत्र खाली गराउन सरोकारवाला पक्षले आ–आफ्नो ठाँउबाट ईच्छा शक्ति देखाउनुपर्नेमा जोडदिए । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले प्रदेशको अतिक्रमित वन क्षेत्र सरक्षणको विकल्प नभई सरक्षणका कामकाजमा वनका कर्मचारीहरुले सकृय हुनुपर्नेदेखि राजनीतिक दल सहितको साथ सर्मथन आवश्यक रहेको औल्याए ।

वन वातावरण तथा सहकारी मन्त्री बीर बहादुर थापा(पातल)ले मानविय अस्थित्वका लागि समेत वन सरक्षणका जोडदिदै थप अतिक्रमण हुनबाट जोगाउनुपर्ने बताए । मन्त्री थापाले अतिक्रमण भईसकेपछि हटाउन समस्या हुने भएकाले अतिक्रमण हुन नै नदिने उपाया खोज्नुपर्नेमा जोडदिएका छन ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले भविष्यका सन्तानका लागि समेत वन पर्यावरण सरक्षण गर्नुपर्नेमा जोडदिए । वन अधिकृत भक्तराज गिरीले सहजिकरण गरेको कार्यक्रममा सरोकारवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस