कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयका विद्यार्थी नगरमै सामुदायिक विद्यालय मध्ये बढि विद्यार्थी उर्तिण भएका छन ।

राष्ट्रिय परीक्षा बोर्डले गत शैक्षिक सत्र ०८०मा संचालन गरेको माध्यामिक शिक्षा परीक्षा(एसइई)मा कृष्णपुर नगरपालिका १ पहरियामा रहेको राष्ट्रिय माविका सरकारी विद्यालय तर्फ बढि विद्यार्थी उर्तिण भएका छन । १४ सामुदायिक विद्यालय मध्ये राष्ट्रिय माविकाका ७९ विद्यार्थी मध्ये २२ विद्यार्थी उर्तिण भएका छन । दोस्रोमा उदय माध्यामिक विद्यालयका ८१मध्ये १९ र तेस्रोमा कृष्ण माविका १०२ मध्ये १७ विद्यार्थी उर्तिण भएका छन । कृष्णपुर नगरमा एसइई परीक्षा अत्यन्तै नाजुक आएपनि केही सरकारी विद्यालय तुलनात्मक रुपमा विद्यार्थी पास गराउन अग्रमोर्चामा देखिएका छन ।

कृष्णपुर नगरपालिकाको तथ्याङ्क अनुसार सामुदायिक भन्दा निजी विद्यालयका विद्यार्थी उर्तिण दर बढिछ ।

कालिका माविका ४०मध्ये ९, सरस्वती माविका ६२मा ७, नन्द माविका ७४मध्ये ११, समौजी माविका ११६मध्ये १२, महाकाली माविका ६३मध्ये १०, सरस्वती मावि कलुवापुरका ४०मध्ये ८, कञ्चन माविका ३२ मध्ये, ८, राष्ट्रिय मावि कलुवापुरका ५३मध्ये ९, बिणाका ९० मध्ये १० र पञ्चाधिनका ४३मध्ये २ विद्यार्थी उर्तिण भएका छन । राष्ट्रिय मावि पहरिया विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुर्व संसद कमल क्षेत्री(हरिस ठकुल्ला) र प्रअमा मावि तहकै शिक्षक गणेश दत्त शर्मा रहेका छन ।

राष्ट्रिय मावि पहरियाका प्रअ गणेश दत्त शर्माले विद्यालयले अपेक्षा अनुरुप परिमाण ल्याउन नसकेको बताए । उनले अभिभावकमा शिक्षा अभिमुखिकरण आवश्यक रहेको र शिक्षक, विद्यार्थीले समेत मेहनत गर्नुपर्नेमा जोडदिएका छन । कृष्णपुर नगरपालिका शिक्षा शाखा प्रमुख अनिता ठगुन्नाले कृष्णपुर नगरका विद्यालयले शैक्षिक सुधारमा थप मेहनत गर्नुपर्नेमा बताएकी छिन । समग्र सामुदायिक विद्यालय तर्फको नतिजा चिन्ताजनक खस्किएकाले सरोकारवाला सबैले चिन्ता चासो व्यक्त गर्दै आगामी दिनमा मेहनताका लागि शैक्षिक गुणस्तरमा जोडदिनुपर्ने स्थानीयको सुझाव छ ।

प्रतिक्रिया दिनुस