बारा कार्तिक १४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६० हजार रुपैयाँ घुससहित बाराको महागढीमाई नगरपालिकामा रहेको गञ्जभवानीपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक जट्टाशंकर साह कलवारलाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले उनलाई पक्राउ गरेको हो । कपडा ब्यापारीलाई तस्करीको लाइन मिलाई दिने भनी कलवारले घुस मागेको अख्तियार स्रोतले जनाएको छ । प्रनानि कलवारलाई सेवाग्राहीसँग ६० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका–४ मन्दिर चोकबाट रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । दाउन्ने न्यूज बाट

 

प्रतिक्रिया दिनुस