नवलपरासी कात्तिक १५ , विप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरेको घोषणा गरेको केही समय पछि विप्लव नवलपुरका जिल्ला सदस्य अनिल परियार वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् ।

शुक्रबार नवलपरासीको सोह्र नम्बर अमरापुरीमा नेकपा क्रान्तिकारी माओवादी नवलपुरले आयोजना गरेको कार्यक्रममा अनिल परियार सहित एक दर्जन बढी युवाहरु पार्टी प्रवेश गरेको नेकपा नवलपुरका सेक्रेटरी उत्तम थापाले बताए ।

कार्यक्रममा अनिल परियार, नर्मदा रानाभाट, गीता सुनार, रीमा सुवेदी, सिमा ढकाल, तारा महतो, लालकुमारी सुवेदी लगायत नेता कार्यकर्ताले पार्टी प्रवेश गरेका हुन् । अनिलले पार्टी प्रवेश कार्यक्रममा नेपालमा क्रान्ति अपरिहार्य रहेकोले क्रान्तिकारी माओवादीमा प्रवेश गरेको बताए ।पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई नेकपा क्रान्तिकारीका पोलिट व्युरो सदस्य एवम् प्रदेश नं। ४ इन्चार्ज एवम् सेक्रेटरी चन्द्र हरि सुवेदी अटलले अविर लगाएर स्वागत गरेका थिए ।कार्यक्रम क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुस