महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका १० को कुण्डा सव डिभिजन वन कार्यालय पचगडियाले विभिन्न जातका बोट विरुवाहरु वितारण कार्य सुरु गरेको छ् । सव डिभिजन वन कार्यालय कुण्डाले हरियाली बढाऔँ पर्यावरण संरक्षण गरौं, काठ दाउरा डालेघाँसमा आत्मनिर्भर बनौ भन्ने मूल नाराका साथ निशुल्क बिरुवा वितरण कार्यक्रम सुरु गरेको हो ।
पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख अतिथिमा एक औपचारिक कार्यक्रमका बिच निःशुल्क बिरुवा वितरण कार्यक्रमको शुभारम्भ गरेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत कार्य तालिका अनुसार कुण्डा सब डिभिजन वन कार्यालय पचकडिया कञ्चनपुरको नर्सरीमा टिक मसला, टाकी, कोइरालो, सिसौ, मोरिंगा प्रजातिका बिरुवाहरूको नर्सरी उत्पादन गरेका थिए ।
उक्त डिभिजन वन कार्यालय पचकडियामा उत्पादन भएका टिक मसला, टाकी, कोइरालो, सिसौ, मोरिंगा प्रजातिका बिरुवाहरु असार २६ गतेदेखि निःशुल्क रुपमा वितरण गर्न सुरु गरिएको कुण्डा सव डिभिजन कार्यालयका प्रमुख दिनेश कुमार यादवले बताएका छन् । डिभिजन कार्यालयका प्रमुख यादवका अनुसार बिरुवा वितरण प्रकियामा ५० बिरुवा लैजना चहाने कृषकको हकमा नेपाली नागरिकताको प्रतिलिपि ५० देखि ५ सय बिरुवा सम्मका लागि जग्गाधनी प्रमाणपत्र ५ सय बिरुवा भन्दा माथि स्थानीय वडा कार्यालयको सिफारिश विद्यालय, संघसंस्था सार्वजनिक निकाय कार्यालयले वृक्षारोपण गर्ने स्थान खुलाई सम्बन्धित् कार्यालयको आधिकारिक पत्र सहित आए पश्चात बिरुवा उपलब्ध गराइने समेत बताए ।
कार्यक्रमका प्रमुख अतिथि नगर शर्माले हरियो वन नेपालको धन” भन्ने मूल मन्त्र लाई अंगीकार गर्दे वृक्षरोपण फेसनका लागि होइन रोपेको बिरुवा जोगाउन जरुरी भएको बताए । उनले विरुवा वितरण गरिएसँगै वितरण गरिएका बोट बिरुवाको वन कार्यालयले अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । सकारात्मक सोच सहित रोपिएको बिरुवाबाट मानव स्वास्थ्यलाई पुग्ने फाइदाको बारेमा सोच्दै नगरपालिकालाई हरियाली र सुन्दर बनाउने कार्यमा एकजुट हुन अनुरोध समेत गरेका छन् । त्यसैगरी यस वर्ष कुण्डा सब डिभिजन वन कार्यालयबाट ५० हजार बिरुवा वितरण गरिने प्रमुख यादवले बताएका छन् ।