कञ्चनपुर । विपद् प्रभावित कञ्चनपुरको लालझाडी गाँउपालिकामा आपतकालिन कार्य संचालन केन्द्र संचालनका लागि लाखौँका उपकरण सहयोग गरिएको छ ।

निड्स नेपालले लालझाडी गाँउपालिकामा आपतकालिन कार्य संचालन केन्द्र संचालनका लागि लाखौँका उपकरण सहयोग गरिएको हो ।

सोमबार एक कार्यक्रमका विच निड्स नेपालका प्रतिनिधीहरुले लालझाडी गाँउपालिका प्रमुख निर्मल रानालाई उक्त आपतकालिन कार्य संचालन केन्द्र संचालनका लागि लाखौँका उपकरण सहयोग हस्तान्तरण गरेका छन ।

निड्स नेपालले मर्सिकोरसंगको साझेदारीमा संचालित एमरेड परियोजना अन्र्तरगत उक्त समाग्री सहयोग गरेको जनाईएको छ ।

निड्स नेपाल एमरेड परियोजनाका संयोजक नविन भट्टले लालझाडी वाढीप्रकोपको उच्च जोखिममा रहेको विश्लेषण गर्दै पुर्व सुचना प्रणाली प्रभावकारी बनाउँदै नागरिक, धनजनको क्षति न्यूनिकरण गर्न आपतकालिन कार्य संचालन केन्द्र संचालन गर्न गराउनका लागि १लाख ४२ हजार बराबरका समाग्री दिएको बताए । उनका अनुसार कम्प्युटर, प्रिन्टर सहितका समाग्री दिईएको छ । समाग्री ग्रहण गर्दैै लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले निड्सबाट प्राप्त समानको उपभोग गर्दै नागरिकलाई विपद बाट बताउने बताए ।

प्रतिक्रिया दिनुस