कञ्चनपुर । राष्ट्रिय माध्यामिक शिक्षा परीक्षा (एसइई) मा ०८० पालिकामा उत्कृष्ट नतिजा ल्याएको भानु माध्यामिक विद्यालयलाई एक सामुदायिक वनले आर्थिक सहयोग गरेको छ । लालझाडी गाउँपालिका २ कञ्जमा रहेको भानु माध्यामिक विद्यालयलाई बैजनाथ सामुदायिक वन उपभोक्ता समितिले आर्थिक सहयोग गरेको हो ।
भानु माध्यामिक विद्यालयका अध्यक्ष प्रकाश रानाले बैजनाथ सामुदायिक वन उपभोक्ता समितिले विद्यालयमा फर्निचर खरिदका लागि नगद ५० हजार सहयोग गरेको बताए । सोमबार एक कार्यक्रमका बिच अध्यक्ष लछुवा रानाले भानु माविका प्राधानाध्यापक वेद प्रकास उपाध्यायलाई चेक हस्तान्तरण गरेका छन ।
अध्यक्ष रानाका अनुसार भानु माविका विद्यार्थीका लागि निःशुल्क कम्प्युट तालिम, उपभोक्ताका बालबालिकालाई कोचिङ कक्षा व्यवस्था, जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गरिनेछ ।
यसैविच आधारभूत तह कक्षा ८मा पालिकामै उत्कृष्ट नजिता ल्याउने लालझाडीको सिद्धनाथ बैजनाथ आधारभूत विद्यालयलाई समेत नगद ५० हजार सहयोग गरेको छ । बैजनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लछुवा रानाले गाउँको शैक्षिक सुधारका लागि आर्थिक सहयोग गरेको बताए ।