महेन्द्रनगर । कञ्चनपुरमा चारदिन आएको अविरल वर्षाले कञ्चनपुरको बागफाँटा गाँउबस्तीमा समेत क्षति गरेको छ् । कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटामा बाढीले कटान, डुवानदेखि भौतिक संरचना समेत भत्काएको छ् ।

उत्तरीचुरे भएर बग्ने कालीखोला, चौधर नदीले कटान, पटानदेखि डुवान गरेको भीनपा १९का वडा सदस्य भागरथी विष्ट (कुँवर) ले बताइन । वडा सदस्य कुँवरले बागफाँटामा समेत वाढीले क्षति गरेको बताइन । उनका अनुसार वडाध्यक्ष जग्गुराम चौधरी सहितका झण्डै १५० घरधुरी डुवानमा परेका छन् ।

‘वाढीले जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने पुल समेत भत्काईदिएको छ, ‘उनले भनिन, ‘स्वयम वडाध्यक्षकै घरदेखि सयौँ नागरिकका घर डुवानमा परेका छन, नागरिक विस्थापि भएका छन् ।’ महेन्द्रनगर बजार आउने बागफाँटाको कालीखोलामा पुल समेत भत्किएपछि स्थानीयलाई बजारदेखि अन्य गाँउटोल जाने यातायात सेवा अबरुद्ध भएको छ् ।

पुल भत्किएपछि बागफाँटाका लक्ष्मी, धर्मभक्त र शुक्र्राज टोलका स्थानीय बढी मारमा परेका छन् । विद्यार्थीलाई विद्यालय आउनदेखि स्थानीयलाई दैनिक कामकाजमा समस्या भइरहेको छ् । स्थानीयले बागफाँटामा वाढीले ताण्डप मच्चाएर नागरिक संकटमा परेका बेला पालिका, प्रदेश, केन्द्रका कुनैपनि जनप्रतिनिधीले पीडा बुझ्न समेत नआएको दुखेसो पोखेका छन् ।

उनीहरुले चुनावका बेला गाडीका लस्करका लस्कर आउने नेता कार्यकता, तीनै तहका जनप्रतिनिधी पीडा बुझ्न समेत नआएको दुखेसो पोखेका छन् । भीनपा १९का वडाध्यक्ष जग्गुराम चौधरीले वाढीबाट आफुपनि स्वयम पीडित भएर विस्थापित भएको बताए ।

उनले घर भत्किएपछी असार २४ गते देखि पुरानो वडा कार्यालयमा बसेको बताए । ‘हामी वाढीबाट भएको क्षतिको विवरण संकलन गर्दैछौँ, ‘वडाध्यक्ष चौधरीले भने, ‘पीडितलाई राहत, पुर्नस्थापना, क्षतिग्रस्त संरचना पुर्निनिर्माणका लागि नगरपालिका सहितका माथिल्ला निकायमा अनुरोध गछौँ ।’

प्रतिक्रिया दिनुस