धनसिह धामी 

कञ्चनपुरको मन्त्र अस्पतालले जिल्ला प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र अस्पताल एव रिसर्च सेन्टरले जिल्ला प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले जिप्रपाको आग्रह अनुरुप अस्पतालले शुक्रबार निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको बताए ।

चालु आर्थिक बर्षमा मन्त्रले पहिलो पटक जिप्रकामा स्वास्थ्य शिबिर संचालन गरेको बताए । कैदीबन्दी र प्रहरी कर्मचारीहरुका लागि उक्त शिबिर संचालन गरिएको छ । मन्त्र अस्पताल एव रिसर्च सेन्टरका निर्देशक डा. गोबिन्द रोकायाले जिप्रकाको आग्रह अनुरुप मन्त्रले एक दिने निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको बताए । डा. रोकायाका अनुसार निःशुल्क स्वास्थ्य शिबिरमा विभिन्न रोग चेकजाँचदेखि औषधी वितरण गरिएको छ । ३२ कैदीबन्दी र ५० प्रहरीको स्वास्थ्य उपरीक्षण, एव परामर्स दिईएको छ । ‘भखरै वाढी महामारीदेखि बर्षातले छालामा विभिन्न रोग देखिन लागेका छन, ‘डा. रोकायाले भने, ‘शिबिरबाट प्रहरी र कैदीबन्दीलाई लाभ हुनेछ ।’ निःशुल्क स्वास्थ्य उपचार पाएपछि प्रहरी कर्मचारी र कैदीबन्दी हर्षित भएका छन । मन्त्र अस्पतालले यस अघि पनि जिल्लाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएको छ

 

प्रतिक्रिया दिनुस