महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेब बजार डुबानमा परेको छ् । । जिल्लाको उत्तरी चुरे भएर बग्ने गहताडी खोला गाँउमा उल्टिएको हो । गएराती देखि चुरेदेखि पहाडमा परेको भिषण वर्षासंगै गहताडी खोलामा आएको वाढीले ब्रम्हदेब बजार सहितका आसपासका गाँउबस्ती डुवानमा परेका छन् ।

भीमदत्त नगरपालिका–९ का वडा सदस्य एवम् ब्रम्हदेबका स्थानीय नारायण सिंह महताले गहताडी खोलाको सतह बृद्धि भएर ब्रम्हदेब गाँउमा आएको वाढी बजारमा पुगेको बताए । ‘अरुबेला यसरी सित्तैमा खोलाको सतह बृद्धि हुँदैन्थ्यो, ‘उनले भने, ‘यस पटक खोलाको वहाव बढेर गाँउमा उल्टिएको छ् ।’ ब्रम्हदेब सीमावर्ती बजारमा ३ सय पसल डुवानमा परेर व्यवसायीहरुको लाखौँको समान भिजेर नष्ट भएको उनले बताएका छन् ।’

त्यसैगरी गहताडी खोलाको डुवानले ब्रम्हदेब बजार सहित आसपासका गाँउबस्ती, खल्लामछेट्टीमा समेत डुवान भएको छ् । ब्रम्हदेब र खल्लामछेट्टीको बीच भएर महाकालीमा मिसिने गहताडी खोला एक्कासी उर्लिएपछि खेतीयोग्य जमिन कटान, गाँउबस्ती बजार डुवानमा परेको छ् । यस्तै भाँसी खोलाले भीमदत्त नगरपालिका–२ जनज्योती टोल देखि भण्डारी टोल हुँदै निम्बुखेडा सम्म तटिय क्षेत्रका स्थानीयका घर डुवानमा परेका छन् ।

भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटाले उत्तरी भेग र पहाडमा परेको वर्षातले भाँसी खोलामा आएको वाढीले दर्जनौँ घर डुवानमा परेको बताए । ‘यहाँ पानी गरेको छैन्, तर पनि खोलामा आएको वाढीले डुवान गरिसक्यो, ‘उनले भने, ‘भीमदत्त–१८ निम्बुखेडा भण्डारी टोलमा पटानले चार–पाँच घर जोखिममा परेका छन् ।’ भीमदत्त नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख मनोज भट्टले वाढी प्रभावित क्षेत्रमा उद्दार, डुवान व्यवस्थापनका लागि जेसिभी पठाएको बताए ।

प्रतिक्रिया दिनुस