महेन्द्रनगर । साउन महिना लागे संगै नारीहरुका हातभरि चुरा र मेहेन्दी अनी बिवाहित महिलाको गलामा हरीयो पोते, निधारमा हरियो बिन्दी लगाएको देख्न सकिन्छ । साउन यस्तो विषेश महिना हो जहाँ साना बालिकादेखि हजुरआमा सम्मकोले हातभरी हरीयो चुरा र मेहेन्दी अनी हरीयो पोते लगाएर एउटै फेसन गरेको देख्न पाइन्छ ।

विवाहित महिलाले साउनमा हरियो चुरा हातमा मेहन्दी लगाउनाले श्रीमानको आयु बढ्ने र अविवाहिता महिलाले लगाए मनले चिताएको पूरा हुने धार्मीक विश्वास समेत रहिदैँ आएको छ । एकातिर साउन महिनासँग हरीयो चुरा र मेहेन्दीको धार्मीक, सांस्कृतिक महत्व जोडिएको छ् भने, अर्को तिर नयाँ पुस्तामा यो फेसन बन्दैँ गएको छ् । कसैले त साउन महिनाको महत्त नबुझेरै अरुको देखासेखिमा हरियो पहिरन लगाउने गरेका हुन्छन् ।

नेपाली समाजमा साउन महिना कालो महिनाको रुपमा पनि लिने गरेका छन् । बिवाहित छोरीहरुले यस महिनामा आफ्नो माइती घर आएर समेत बस्ने गरेका हुन्छन् । कतिपय मानिसहरुले साउन महिना कालो महिना भएकाले यस महिनामा हरियो पहिरन लगाएर बस्ने गरेको बताउने गरेका छन् । साउन महिना सुरु भएसँगै बजारमा हरीयो चुरा, पोते र मेहेन्दीको रौनक समेत निकै देखिएको छ् ।

साउन महिनामा सोमबारको महत्व किन ?

साउन महिना सुरु भएसगै यस महिनमा पर्ने सोमवारको पनि त्यहितकै महत्व रहेको छ् । साउन शिवजीसँग जोडिएको महिना भएकाले उक्त महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरे बराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास रहदैँ आएको छ । साउन महिना धार्मिक, प्राकृतिक एवम् सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवम् पूजा गर्ने चलन छ् ।

शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चलेको मानिन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिने गरेका छन् । त्यसैगरी साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवम् परिवार सबैको कल्याण हुने धार्मिक विश्वास रहेको छ् । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ् ।

साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण के हो भने, यो महिनामा अधिक वर्षा हुन्छ, जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्छ । यो महिनामा प्रकृतिले नै रुद्रीभिषेक गर्छ । शिव पुराणअनुसार शिव स्वयं जल हुन् । भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्, ुमेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।ु त्यसैगरी सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ ।

अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ् । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एवम् विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ् । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । यसपटक साउनको पहिलो सोमवार साउन ७ गते परेको छ् भने, यो वर्ष साउनमा ४ वटा मात्र सोमबार परेको छ् ।

प्रतिक्रिया दिनुस