भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा गत असारमा भएको बाढी, ढुबानले जन–जीवन प्रभावित बनेको छ । बाढी पीडित राहत क्षतिपुर्तिकाको पर्खाइमा छन् । विपद्को समयमा जनतासँगै हुनुपर्ने जनप्रतिनिधि भने काठमाडौंका नाईट क्लबमा रमाईलो गरिरहेका छन् ।

 

नगरवासीमा विपद् परेका बेला भीमदत्त नरगपालिकाकी उप–मेयर निलम लेखक जोशी काठमाडौंको ठमेलस्थित चर्चित क्लब एलओडीमा जन्म दिन मनाईरहेको विषय विवादीत बनेको छ । शनिबार साँझ उप–मेयर लेखकले एलओडीमा जन्मदिन मनाईरहेको फोटो र भिडियो सार्वजनिक भएपछि नागरिकस्तरबाट विरोध भइरहेको हो । उपमेयर लेखकको जन्मदिनको पार्टीमा पारिवारिक सदस्य, नेपाली कांग्रेस भीमदत्तका नगर सभापति अच्युत कलौनी लगायतको सहभागीता रहेको थियो ।

 

लेखक कञ्चनपुर–३ का सांसद रमेश लेखक गहृमन्त्री बन्ने भएपछि काठमाडौं पुग्नुभएको थियो । ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा छ । कञ्चनपुरमा भएको नेपालकै रेकर्ड ब्रेक वर्षाले जिल्लामा हजारौँ नागरिक बाढी प्रभावित बनेको छ । गत हप्ता मात्रै चुरे क्षेत्रमा अध्यधिक वर्षा हुदाँ भीमदत्तको उत्तरी क्षेत्रमा बाढी ढुबानसँगै खोलाले कटान सुरु गरेको छ । दैनिक नेपालबाट

प्रतिक्रिया दिनुस