बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिकाले १ बर्षमा ११ लाख भन्दा बढीको इलेक्ट्रिक जग र कुर्सी खरिद गरेको छ। बेलौरी नगरपालिकाले आर्थिक बर्ष २०७९।०८० मा ३ लाख ५३ हजार ८ सय ७३ रुपैयाँको इलेक्ट्रिक जग र ७ लाख ९२ हजार ८ सय ४८ रुपैयाँ गरी कुल ११ लाख ४६ हजार ७ सय २१ रुपैयाँ बराबरको सामाग्री खरिद गरेको महालेखापरीक्षकको कार्यालयले अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरेको छ।सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५ मा १ लाख रूपैयाँ भन्दा बढीको खरिद कार्य गर्दा लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाले खरिद कार्य गर्दा लागत अनुमान वेगर निम्न भौ.नं. र मितिवाट निम्न सामानहरू खरिद गरेको छ । पालिकाले सामानको स्पेसिफिकेसन सहितको लागत अनुमान तयार गरि खरिद गर्नेतर्फ ध्यान दिनुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुस