बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं.३ कमरीका गाईभैंसी पालन कृषक समूहले कहिले पाउने न्याय ? बेलडाँडी गाउँपालिका उपप्रमुख शान्ति नाथले कृषक समूहमा आफुले अनुदान हालिदिएको भन्दै १२ लाख नाम उल्लेख नगरेको चेक बुझिसकेको र ४ लाख बहिनी सम्झेर नगद मागेको आरोप लगाउदै मिडियामा आएका कृषक समूहलाई न्याय दिलाउनका लागि बेलडाँडी काँग्रेसले छानवीन समिति बनाएको २५ दिन बित्दा समेत प्रतिवेदन सार्वजनिक नगर्नुमा शंका गरिन थालिएको छ ।

बेलडाँडीमा हुने बेथिति, अत्याचार, भ्रष्टाचारका विरुद्धमा बेलडाँडीबासीहरु एकजुट हुदै उपाध्यक्ष नाथ विरुद्ध शुरुभएको आन्दोलन असाढ मसान्तलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो भने उता नेपाली काँग्रेस बेलडाँडीले उपाध्यक्ष नाथले पटक-पटक गरेका क्रियापलापका विषयमा सत्यतथ्य निष्पक्ष ३ सदस्यीय छानवीन समिति गठन गरेको थियो । उक्त छानवीन समिति गठन भएको २५ दिन बित्दा समेत प्रतिवेदन सार्वजनिक नभएपछि आम नागरिकले ‘दालमें कुच्छ कालाहैं’ भन्दै शंका गर्न थालेका छन् ।

प्रतिवेदन बस्तुवादी सत्यतथ्य छानवीन गरिएको हुदा त्यसलाई तुहाँउन खोज्नका लागि लम्ब्याउने कार्य थालिएको श्रोतले बताएको छ । श्रोतका अनुसार जे कुरा बाहिर मिडियामा हल्ला थियो त्यसै अनुसारको प्रतिवेदन आएको हुदा त्यसलाई ढाकछोप गर्न समितिलाई दवाव दिएर रोक्न र प्रतिवेदनका केहि बुदाँ सच्याउन दवाव भइरहेकाले सार्वजनिक गर्न नसकिएको जनाइएको छ ।

नेपाली काँग्रेस गाउँकार्यसमितिका अधिकांस नेता कार्यकर्ताले उपाध्यक्ष नाथको चर्को विरोध गरेपछि तीन सदस्यी छानविन समिति बनेको थियो । पालिका उपाध्यक्ष शान्ति नाथलाई लागेको आरोप के हो वास्तविक छानविन गर्न नेपाली काँग्रेस बेलडाँडीका सचिव धन बहादुर रोकायाको संयोजकत्वमा नरेश धामी र हेमा राना सदस्य रहने गरी ३ सदस्यीय छानविन समिति गठन भएको थियो ।

समितिका संयोजक धन बहादुर रोकाया (बाबुराम)लाई हामीले किन ढिला भएको भनि सोध्दा नेतृत्व पंति रौलेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रियामा रहेकाले अल्झिएको बताए । आज हामीहरु बुझाउन तयार छौं नेतृत्व कति व्यस्त छन् हेरौ छिट्टै सार्वजनिक गरिने बताए ।

उपाध्यक्ष नाथको राजिनामाको माग गर्दै बेलडाँडीका क्रियाशिल ५ राजनितिक दलले छानविनका लागि सर्वदलिय सर्वपक्षीय छानविन समिति गठन गरि कार्वाहीको दाहिरामा ल्याउनु पर्ने भन्दै पालिका प्रमुख हरिशचन्द्र रानालाई ज्ञापनपत्र समेत बुझाई सकेका थिए ।

उपाध्यक्ष नाथले सत्ता बाहिरछदा एकल महिला, महिलाहरुलाई विभिन्न कार्यक्रम ल्याउने, सबैलाई रोजगार दिने, निकुञ्जमा दाउरा ल्याउने नियम बनाउने झुठा आसवासन दिएर भोट मागेको भन्दै स्थानीयहरु आन्दोलित भएका थिए । अहिले आफ्नो पेट भर्ने काम गरेको देख्दा यस्तो बेथिति र अत्याचार सहेर अव बस्न नसक्ने उनीहरुले बताएका थिए । गरिखाने सोझासाझा जनजाति किसानबाट प्रदेशको भैसीपालन योजना आफुले पारिदिएको भन्दै नगद र चेक गरि १६ लाख घुस मागेको बिषय यतिबेला चुलिएको छ ।

बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई कमिसन मागेको आरोपको बिषयलाई लिएर बेलडाँडी तातेको थियो । उनले गर्ने अनैतिक क्रियाकलापका विरुद्ध बेलडाँडीका ५ राजनितिक दल एकठाउँमा उभिएपछि बेलडाँडी काँग्रेसले ३ सदस्यीय छानविन समिति बनाएको थियो । बारम्वार विवादमा आउने उपाध्यक्षका विपक्षमा काँग्रेस भित्रै चर्को विरोध हुन थालेपछि काँग्रेसले बाध्य भएर छानविन समिति त बनायो तर उसले तयार पारेको प्रतिवेदन स्वतन्त्रता पुर्वक सार्वजनिक गर्नमा केहि व्याक्तिले हस्तक्षेप गरेको आरोप लागेको छ ।

उपाध्यक्ष नाथका यस्ता गतिविधीले बेलडाँडीको बेइज्यती हुन थालेकोले आम बेलडाँडीबासीका नजरमा रोकाया नेतृत्वको छानवीन समिति अग्नी परीक्षामा रहेको आम नागरिकको बुझाई छ । उपाध्यक्ष नाथले बारम्वार गल्ती गर्दा समेत काँग्रेसले संरक्षण गरिरहेको आरोप लाग्दै आएको छ । तर छानवीन समितिले निष्पक्ष छानवीन गर्ने आशा पनि बेलडाँडी बासीलाई उत्तिकै छ । यतिबेला जनताको लोकप्रिय बन्न समितिले यर्थात छानवीन गर्नुपर्ने नैतिक दायित्व रहेको छ । समितिले तयार पारेको प्रतिवदेन हेर्न बेलडाँडी बासी आतुर समेत भएका छन् ।

गाडी दुरुपयोग, दोहोरो सुविधा, कम्वल वितरण देखि, राहत वितरण हुदा समेत कागजी प्रक्रिया पछि मिलाएको, नियम विपरित भत्ता खाने सुदूरकै नं.१ जनप्रतिनिधी, आफुलाई तेल बाढ्ने अधिकार भएको कुरा, पद र शत्तिको दुरुपयोग गर्दै सडकमा घर पास गरी बैंकलाई झुक्याएर ठुलो ऋण लिएको र हामीले खोजपत्रकारिता गर्दा रातोरात ऋण चुत्ता, अनुगमन समितिकी संयोजक भएर ३ लाख आफ्रनो नाममा विद्यालयलाई काट्न लगाए अख्तियारमा मुद्धा परेको १बर्ष पछि विद्यालयको पैसा फिर्ता गरेको कुरा, १५ सैया अस्पताल बन्दा जेसीबीमा क्षति पुर्याउने कार्यमा संलग्न लगायत विभिन्न आर्थिक मुखी क्रियाकलाप मात्र गरेको देख्दा स्थानीय देखि नेता कार्यकर्ता समेत हैरान भएका छन् ।

प्रतिक्रिया दिनुस