
बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिकाले नबिकरणीय उर्जा जडानका नाममा झण्डै १० लाख जति अनियमितता गरेको पाइएको छ । पालिकाले नबिकरणीय उर्जा नया जडानको लागि संघिय सशर्त अनुदानबाट रू ९ लाख ९४ हजार, ५ सय निकासा भएकोमा पालिकाले पुराना गोवर ग्यास मर्मत भनी खर्च लेखेको महालेखापरीक्षकको कार्यालयले अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसरी संघिय कार्यालयबाट नविकरणीय उर्जा बढाउनको लागि दिएको अनुदान उर्जा बढाउने कार्यमा प्रयोग नगरी पुरानै सुबिधा लिई राखेकाहरूलाई सुबिधा उपलब्ध गराउन मर्मत कार्य भनी ७५ जनाको गोवर ग्यास मर्मत भनी खर्च लेखेको रकमको मर्मत गरेको प्रबिधिक प्रतिवेदन समेत पेश गरेको देखिएन ।
यसरी अनुदानको लक्ष्य अनुसार खर्च नगरी पुरानोलाई नै खर्च लेखेको नियम संगत नदेखिएको भन्दै प्रतिवेदनमा अनियमित रकम भनेर ९ लाख ९४ हजार, ५ सय देखाएको छ । यस्तै बेलौरी नगरपालिकाले अन्य शिर्षकमा समेत ठुलो अनियमितता गरेको देखिएको छ ।


 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    