धन सिंह धामी

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका बाढीपिडित ३७ घरपरिवारलाई खाद्य सामग्री बितरण गरिएको छ ।

शनिबार दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा पटरा खल्लाका ३७ घरपरिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले खाद्य समग्री बितरण गरेको हो । राप्रपा केन्द्रिय अध्यक्ष मा. राजेन्द्र लिङ्गदेन मार्फत संजीव श्रेष्ठले नगद ५०,०००÷– सहयोग गरेको थियो भने अन्य दाताहरुले खाद्य सामग्री सहयोग गरेको वडाध्यक्ष खत्रीले बताए ।

अबिरल वर्षा संग जगबुडा नदीको भंगालो बस्ती पसेपछि वाढीले घरमा भएको अन्न, रासनपानी सरसमान संगै बस्तुभाउ पनि बगाई दिएपछि आफु र वालवालिकाहरुलाई ज्यान जोगाउनै समस्या परेको दोधारा चाँदनी नगरपालिका– ३, पटरा खल्लका बाढि पिडितहरुले बताउनु भएको

छ् ।

पटरा खल्लाका बाढीपिडितहरु अझै सम्म बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । उनिहरु अझै सम्म जमुना आधारभुत बिद्यालयमा आश्रय स्थल लिएर बस्दै आएका छन् ।

एकसरो कपडामा दिन काट्दै आएका पटरा खल्लाका अर्का स्थानिय मंगल सुनारले लगाउने लुगा र खाद्यान्न पाएपछि वडाध्यक्ष केशव खत्री र राप्रपामा आवद्ध सदस्य लगायत शुभ चिन्तक ज्यूहरुलाई बिशेष धन्यबाद दिनुभएको छ् । पटरा खल्लाका घरहरु क्षती देखि खेतबारी बालुवामा परिणत भएपछि उनीहरु घर फर्किन सकेका छैनन । अबिरल वर्षा संग जगबुडा नदीको भंगालो बस्ती पसेपछि पटरा खल्लाका वाढी पीडित अझै घर फर्किने अवस्था नभएपछि बाध्य भएर विद्यालयमै बस्नु परेको उनिहरुको भनाई रहेको छ् ।

राप्रपा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले पटरा खल्लाका बाढीपिडतहरुलाई बस्नको लागी उचित ब्यवस्था गर्न वडा अध्यक्ष खत्रीले दोधाराचाँदनी नगरपालिकामा पहल गर्नु पर्ने बताउदै आफ्नो पार्टिको तर्फबाट गर्न सकिने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ् ।

शुक्रबारको दिन आफ्नै निवासमा दोधाराचाँदनीका बाढि पिडित परिवारहरुलाई काठमाण्डौको भाटभटेनीबाट लुगाकपडा सहयोग पाएर वितरण गरेका थिए भने शनिबार पाँच बोरा चामल आफ्नो तर्फबाट सहयोग गरेका थिए ।

यसै गरी अन्य वडामा रहेका बाढी पिडितहरुलाई राप्रपाले थप सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएको र आफुले पनि दैविक प्रकोपमा परेका दिनदुखीहरुलाई सहयोग गर्दै आएको र अझैपनि आफ्नो समाजिक सेवालाई निरन्तरता दिने अध्यक्ष खत्रीले बताउनु

भयो ।

प्रतिक्रिया दिनुस