धन सिंह धामी 

कञ्चनपुरको दोधाराचाँदनीमा राप्रपा भातृ संगठनले एक असाहय परिवारलाई आर्थिक सहयोग गरेका छन ।

कञ्चनपुर राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला युवा संगठनका अध्यक्ष र उपाध्यक्ष कमलेश सिंह, मिना चन्दले सयुक्त रुपमा दोधाराचाँदनी–०४ मा असाहय जुना देवी सुनार परिवारलाई आर्थिक सहयोग गरेका हुन ।

कञ्चनपुर युवक संगठनकी उपाध्यक्ष चन्दले सो वडामा यस भन्दा पूर्व निशुल्क जुत्ता वितरण गर्ने क्रममा सो परिवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिईन भने अहिले उहाँको परिवारलाई नगद रु ३०००÷– आर्थिक सहयोग गरेको बताईन ।

विगत ४ बर्ष देखि जुना सुनारको १७ बर्षीय छोरा सुरेश सुनार मृगीको कारणले विद्यालय जानबाट बन्चित रहेको छ । चार बर्ष पहिले श्रीमान स्वर्गवासी भएपछि आर्थिक अबस्था कमजोर रहेको सुनार परिवारमा सुरेश सुनारले उपचार पछि अवस्था राम्रो भए पुनः विद्यालय जाने ईच्छा रहेको बताएका छन । विद्यालयमा पढाएको विर्सिने र वेञ्चमा नै सुत्ने गरेकोले अहिले पढ्न जान नसकेको आमाले बताईन ।

समाजसेवी चन्दले दोधाराचाँदनी–४ मा यस अघि पनि लुगा कपडा,जुत्ता लगायत कमला बचाउ अभियान,क्यान्सर पिडित र महाकालीमा ढुबेर मृत्यु भएका घर परिवारलाई नि आफ्नो र केहि सहयोग उठाएर सहयोग गर्दै आएकी छन ।

समाजिक अभियानमा आफुले सक्ने परोपकारी सेवामा जहिले नि आफु तत्पर रहेको बताउदै अझै यस्तो कार्यलाई निरन्तरता दिने उपाध्यक्ष चन्दको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुस