धन सिंह धामी

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाकी बाढीपिडित सुत्केरीलाई महिला संस्थाले राहत सहयोग गरेको छ ।

 

श्री सुदूरपश्चिमाञ्चल महिला जागरण उथान संस्थाकी अध्यक्ष नन्दा देवि खत्री लगायत सदस्यहरुको ९ जनाको समुहले मनिसा सुनारलाई खाद्यान्न, लुगाकपडाको साथै सुत्केरी स्याहारको सामग्री दिएको हो ।

 

अबिरल वर्षा संग जगबुडा नदीको भंगालो बस्ती पसेपछि वाढीले घरमा भएको अन्न, रासनपानी सरसमान संगै बस्तुभाउ पनि बगाई दिएपछि आफु ज्यान जोगाउन विद्यालयमा बस्दै आएकी छन ।

 

सुत्केरी सुनारको श्रीमान घर खर्च चलाउन भारतमा मजदुरी गरी उतै रहेका छन भने पहिलो सन्तानको रुपमा छोरी जन्माएको आज ७ दिन भएको छ ।

 

पटरा खल्लाका बाढीपिडितहरु अझै सम्म बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । उनिहरु अझै सम्म जमुना आधारभुत बिद्यालयमा आश्रय स्थल लिएर बस्दै आएका छन् ।

 

अविरल बर्षापछि आएको बाढिको कारणले घरबाट विस्थापित हुन पुगेकी सुनारले सुत्केरी अवस्थामा समस्या परेको बेला महिला संस्थाले अभिभावकको भुमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरेकी छन । पटरा खल्लाका घरहरु क्षती देखि खेतबारी बालुवामा परिणत भएपछि उनीहरु घर फर्किन सकेका छैनन । अबिरल वर्षा संग जगबुडा नदीको भंगालो बस्ती पसेपछि पटरा खल्लाका वाढी पीडित अझै घर फर्किने अवस्था नभएपछि बाध्य भएर विद्यालयमै बस्नु परेको सुनारको भनाई रहेको छ ।

 

महिला जागरण संस्थानकी अध्यक्ष खत्रीले २०५३ साल देखि महिला हकहितको लागि संगठीत यस संस्थाले महिलाहरुलाई तालिम दिने र विभेदमा परेकाहरुको उद्धारको लागि आजाव उठाउने काम गर्दै आएको बताएकी छन ।

 

सुदूरपश्चिमको जिल्लाभरी यस संस्थाले महिलाहरुको उन्नती क्षेत्रमा काम गरी रहेको बताउदै आगामी दिनमा आफ्नो संञ्जालले महिला सशक्तिकरणमा टेवा पुर्याउने काममा सक्रिय रुपमा अघि बढ्ने अध्यक्ष खत्रीले बताउनु भयो ।

प्रतिक्रिया दिनुस