महेन्द्रनगर । साउन १५ गतेलाई नेपालमा खिर खाने दिनको रुपमा मनाईने गरिन्छ । नेपालमा प्राचिन कालदेखि नै असार १५ गते दहीच्यूरा र साउन १५ गतेमा खीर खाने नेपाली परम्परा रहेको छ् । पुर्खाहरुले धार्मिक तथा वैज्ञानिक महत्वलाई बुझेर नै हाम्रो मौलिक संस्कृति जोगाउन साउन १५ मा खिर खाने प्रचलन बनाएको जानकारहरु बताउँछन् । साउन १५ गते खिर खाएमा शुभ हुने नेपालीहरुको मान्यता रहेको छ् ।

साउन १५ गते किन खाइन्छ खीर?

भगवान श्री कृष्णले एकदिन साधारण साधूको भेष बदलिएर एउटा राजासंग बाघचाल खेल्न जानुभएको र जितको बदलामा विभिन्न मन्दिरहरुमा निशुल्क गरिब दीनदुखिहरुलाई खिर खुवाउने शर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान श्री कृष्णले राजामाथि बिजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि साउन १५ गते खिर खाने प्रचलन रहेको जानकारहरुको भनाई रहेको छ् ।

साउन महिनामा धेरै वर्षा हुने, विभिन्न किसिमका रोग लाग्ने र विरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनको लागि पनि खिर खाने चलन रहेको पाईन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको स्थानीयहरुको भनाई रहदैँ आएको छ् । वर्षायाममा विभिन्न संक्रमण भई रोग लाग्ने गर्दछ । त्यसैले रोग नलागोस् र संक्रमण नहोस् , थकान नलागोस्, फुर्ति बढोस् आदि भनेर पनि खिर खाने गरेको पाइन्छ ।

खिरलाई अत्यन्तै चोखो खाने कुरामा पनि लिइन्छ । हरेक शुभ कार्यमा खिरलाई प्रसादको रुपमा पनि समावेश गरिन्छ ।साउन भगवान् शिवको महिना भएका कारणले गर्दा शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने जानकारहरुको भनाई रहेको छ् ।

 

 

प्रतिक्रिया दिनुस