बेलडाँडी । बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले वडा नम्बर ३ कमरीमा रहेको जमुना गाई भैसी कृषक समुहमा आफुले प्रदेश सरकारबाट अनुदान हालिदिएको भन्दै १२ लाखको चेक र ४ लाख नगद दिनु होला भनेको बिषयलाई लिएर बेलडाँडीमा १ महिना अगाडी आन्दोलन भएको थियो ।

१ महिना पछि उपाध्यक्ष नाथले नै चेक लिएको खुल्न आएपछि दलहरु एकढिक्का हुदै भ्रष्टचारीका विरुद्धमा उभिने बिषयमा छलफल गरि अघिबढ्ने बताएका छन् । चेकको बिषयमा थप अनुसन्धान र असाढ मसान्तलाई मध्यनजर गर्दै स्थगित भएको आन्दोलन फेरि चर्काउने की अव कसरी अघि बढ्ने बिषयमा आजै छलफल गर्ने जानएका छन् ।

 

नेकपा एमाले बेलडाँडीका अध्यक्ष प्रेमराज खातीले भ्रष्टचारमा संलग्न जो कोहीलाई कानुनी कार्वाही गराउन नेकपा एमाले पछि नहट्ने बताउदै तुरुन्त त्यस बिषलमा छलफल गरि अघि बढ्ने बताएका छन् । यस्तै नेकपा मओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर शाहले यहाँका क्रियाशिल दलहरुसंग सहकार्य गर्दै सत्यको पक्षमा र दोषी ठहर भए कानुनी कार्वाहीको मागसहित अघि बढ्न पाटी तयार रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पाटी बेलडाँडीका सभापति तेज सिंह धामीका अनुसार दोषीलाई कानुनी कार्वाहीका लागि पाटी पछि नपर्ने बताएका छन् । यदी उपाध्यक्ष नाथले घुस बाफत उत्त चेक लिएकै भए कानुनी कार्वाहीका लागि दलहरुसंगको सहकार्यमा पहल गर्ने जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पाटी बेलडाँडीका अध्यक्ष प्रेम सिंह साउदले दोषी प्रमाण जुटेको भए कार्वाहीका लागि पाटी अघिबढ्ने बताएका छन् । देशभर भ्रष्टचारी मौलाउदै गरेको बताउदै प्रमाणित भए नैतिकताको आधारमा राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताउदै दलहरुसंगको सहकार्यले अघि बढ्न राष्ट्रिय प्रजातन्त्र पाटी पछि नहट्ने बताउनु भयो । एकीकृत समाजवादी पाटी बेलडाँडीका नेता बीरबहादुर बडुवालले दोषी प्रमाणित भए कानुनी कार्वाही हुनुपर्नेमाग गर्दै दलहरुसंगको सहकार्यले अघि बढ्ने बताएका छन् ।

 

उपाध्यक्ष शान्ति नाथले बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीमा रहेको जमुना गाई भैसी कृषक समुहमा आफुले प्रदेश सरकारबाट अनुदान हालिदिएको भन्दै १६ लाख मागेको पिडितले पक्षले आफुहरुलाई न्याय दिलाईदिन चौतर्फी माग गर्दै आएका थिए ।

 

बेलडाँडी ३ कमरीका १५ किसानलाई गाई भैसी पालनका लागि प्रदेश भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र कञ्चनपुरको ७५ प्रतिशत लागत साझेदारी समुदायमा आधारीत अनुदान कार्यक्रम आफुले मिलाई दिएको र १२ लाख मिलाए बाफत हाकिमलाई दिनुपर्ने र ४ लाख आफुलाई बहिनी सम्झेर दिनु होला भन्दै घुस मागेको आरोप प्रमाणित भएको छ । गाई भैसी कृषक समुहका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरबाट ७५ प्रतिश लागत अनुदान स्वरुप रु ४० लाख अनुदान रकम आएको थियो ।

 

उक्त कार्यक्रम अनुसार समुहले ३० वटा मोट्रा भैसी, प्रजनन्का लागि एक रागा, १५ वटा गोठ मर्मत, घाँस विकास, १५ वटा स्टील मिल्क केन खरिद, युएमएमवि खरीद, भैसी पालन तालिम, प्रजिवि नियन्त्रण, भैसी ढुवानी, स्टमेट निर्माणमा लगानी गर्नुपर्ने हुन्छ । तर उपाध्यक्ष नाथले समुहका अध्यक्षका श्रीमान हरकिसन रानालाई तपाईले भैंसी किन्नु पर्दैन जिल्लाको र प्रदेशको अनुगमन आउने बेला भाडामा भैंसी ल्याएर देखाउला कार्यक्रम पास गर्ने जिम्मा मेरो भनेपछि बैंशाख २५ गते जिल्ला प्रदेशको टोली अनुगमनमा आउने बेला उपाध्यक्ष शान्ति नाथको डिजाईनमा भैंसी भाडमा ल्याएको रानाले बताए ।

 

अनुगमन टोलीलाई भैंसी भाडामा ल्याएका छन् भन्ने खवर अगाडी पुगिसकेको थियो । अनुगमन समितिले बैशाख २५ गते अनुगमन गर्ने र २६ गते भुक्तानी गर्ने पहिलै कृषकलाई बताएका थिए भने यता उपाध्यक्ष शान्ति नाथले अनुगमन पास भैहाल्छ अव हाकिमहरुलाई पैसा दिनु पर्यो चेककाटिदेउ भनेर अनुगमन हुनुभन्दा पहिला चेक मागिसेको खुल्लासा भएको छ । १२ लाखको चेक काट्न लगाईन र ४ लाख नगद भुक्तानी हुने वित्तिकै दिनुहोला भन्दै दवाव दिन थालिन ।

 

उता भैंसी भाडामा देखेपछि जिल्लाबाट आएको अनुगमन टोली डग्मगायो र भुक्तानी रोकिदियो । भुक्तानी जेठ ११ गते सम्म रोकिएपछि कृषक राना पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर पुगे । त्यहाँका कर्मचारीहरुले सबै ठिक छ तर भैंसी भाडामा ल्याएको हुदा हामी भुक्तानी गर्न नसक्ने बताएपछि कृषक रानाले अव कसरी भुक्तानी हुन्छ त भनेर सोध्दा कार्यालयले ५,७ दिन भित्र भैंसी तपाईले किने भुक्तानी दिने भनेपछि कृषक रानाले फेरी उपाध्यक्ष नाथ संग भैंसी अनिर्वाय किन्नुपर्ने देखियो भन्ने सल्लाह गरे । दुबैको सल्लाह अनुसार ५ भैंसी उपाध्यक्ष नाथले आफ्न्तबाट किनिन भने बाँकी भैंसी रानाले आफै किने । भैंसी ३० पुगेपछि कार्यालयले भुक्तानी गरिदियो । उपाध्यक्ष नाथले जसबाट भैंसी किनेकी हुन उनीहरु ५ जनाको नामको चेक आफैले बुझिदिइन् ।

 

सबै भैंसी किन्नु परेपछि पैसा नबच्ने देखियो, पैसा नबचेपछि राना र उपाध्यक्ष नाथको दुरी बढ्दै गयो । उपाध्यक्ष नाथले रानालाई बारम्वार ४ लाख नगद दिन र १२ लाख चेक दिएको खातामा हाल्न दबाव बनाइ राखिन । यता मिडियाबाजी भएपछि उता नाथले हरकिसन रानाको खाताको विना मिति र नामको चेक हतार हतार भीमदत्त नगरपालिकाकी रेवती (नाम परिवर्तन)को नाममा काटेको भेटियो । खातामा पैसा नभएकाले उपाध्यक्ष नाथले ती महिलालाई चेक बाउन्स गरिदेउन त भन्दै दबाव दिए । जसको नाममा चेक काटिएको थियो उनले अर्काको चेक मैले किन बाउन्स गर्ने भन्दा उनलाई दबाब दिदै एकपटक गरिदिने उपाध्यक्ष शान्ति नाथले दबाव दिएको बताइन । रेवती (नाम परिवर्तन)ले आफुलाई यस्तो कार्य ठिक नलागेकाले उनी लगभग १ महिना पछि आफै बैंक पुगेर चेक बाउन्स नगरिदिनु होला भन्दै दोस्रो पत्र बैंकलाई गरेको उनी स्वीकार गर्छन । हरकिसनको खातावाला बैंकबाट समेत चेक बाउन्स नर्गनु भनेर पत्र आएको छ हरकिसन जी तपाईको हिसाव मिलेको हो भनि बैंकले कलगर्दा हरकिसनले कुनै हिसाव मिलेको छैन भनेर जवाफ दिएको पिडित राना बताउछन् ।

 

आफै चेक बाउन्स गर्न भन्ने फेरि आफै चेक बाउन्स नगरिदिनु होला भनेर निवेदन गरेको सुन्दा सबैको चासोको बिषय बनेकाले हामीले ती रेवती (नाम परिवर्तन)लाई खोज्ने प्रयास गर्यौ र उनीसंग कल गर्दा उनले हामीलाई समेत सिधा कुरा बताइन् । उनले भनिन ‘आफुले कुनै हरकिसनलाई नचिन्ने र आफुलाई बेलडाँडीकी उपाध्यक्ष शान्ति नाथले यो चेक एकपटक बाउन्स गराइदे तेरो नाममा छ भनेर भन्दा आफुले यस्तो किन गर्ने म सोझि मान्छेलाई यो कुरा आउदैन म गर्दिन भनेर भन्दा गरिदेन यो बाट हामीले पैसा लिनुछ एकपटक गरिदे उ डराउछ र पैसा असुल हुन्छ तिमीबाट हामीले पहिला लिएको ४,६ लाख काट्नु बाकी फिर्ता गरिदिनु भनेर उपाध्यक्ष नाथले आफुलाई भनेको बताइन् ।’

 

कहिलै यस्तो झन्झटमा नपरेकी उनलाई यस्तो कार्यमा संलग्न गराउदा आफैलाई कत्ति ठिक नलागेको वहाँले बताउदै आफ्नो नाम मिडियामा नहालिदिन अनुरोध गरेपछि हामीले उनको नाम परिवर्तन गरेका हौं । उपाध्यक्ष नाथलाई यस विषयमा हामीले सोध्दा “तिमी को हौं तिमीलाई किन भन्नु पर्यो चेकको विषयमा, तिमी न्यायधिस हौं या ओकिल हौं, र तिमीलाई मैले सबै कुरा किन भन्नु भन्दै धम्काउदै फोनकाटिन तर पछि बारम्बार फोन गरेर फोनमा नभन्ने भेट्नु छ तिमी अफिस आउनु भन्दै धम्की पुर्णभाषा बोलेको हामीसंग अडियो सुरक्षित छ ।

 

प्रमाण ल्याउनुस भनेर १२ फिट उर्फीने उपाध्यक्ष नाथले हामीले प्रमाण संकलन गरेको थाहा पाएपछि न्युज ब्रेक गर्न विभिन्न माध्यमबाट दबाब बनाइराखेका थिए ।

प्रतिक्रिया दिनुस