किशोर तामाङ

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी भेगमा शैक्षिक धरोहरको रुपमा रहेको सबैभन्दा पुरानो शैक्षिक संस्था पुनर्वास जनता माध्यमिक बिद्यालयमा नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत नवनिर्मित प्रशासनिक भवनको उद्घाटन सम्पन्न भएको छ ।

 

शुक्रबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास जनता माध्यमिक बिद्यालयमा नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको थियो ।

 

लामो इतिहास बोकेको पुनर्वास नगरपालिका वडा नं ६ मा रहेको पुनर्वास जनता माध्यमिक विद्यालयमा साविक कालिका गाविस त्रिभुवन गाबिस परासन र बाईसे बिचुवा गाविसका बिधार्थीहरूका लागि अग्रणीय शैक्षिक धरोहरको रुपमा रहेको सबैभन्दा पुरानो बिधालय हो । नेपाल सरकार द्वारा नमुना विद्यालयका रूपमा छनौट भए संगै हाल भौतिक पूर्वाधार निर्माणका कार्यहरु धमाधम भइरहेको छ ।संघीय सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधारको गुरुयोजना पारित भएपछि भवन निर्माणका कार्यहरू तिव्र रुपमा अघि बढदै गरेका उक्त नमूना विध्यालय बिकास कार्यक्रम अन्तर्गतको ३ तला सहित १२ कोठे प्रशासनिक भवनको उद्धघाटन भएकोे हो ।

 

नवनिर्मित बिद्यालय प्रशासनिक भवनको उद्दघाटन समारोहमा अतिथिको आसानबाट बोल्दै पुनर्वास नगरपालिका वडा नं. ६ का अध्यक्ष मित्र सिह लामाले धेरै समयको अथक प्रयासपछि नमुना भवन निर्माण गर्न सफल भएको बताए । उहाले बौद्धिक बर्ग उत्पादन गरिने बिद्यालय मा शैक्षिक क्षेत्रमा कुनै पनि प्रकारको नकारात्मक खेलवाड गर्न नमिल्ने आफ्नो भनाइमा जोड दिए । नमुना बिद्यालय मा थप शैक्षिक सुधारका १० बर्षिय  २० बर्षिय कार्ययोजना ल्याउनुपर्ने बताउदै नमुना बिद्यालय लाई थप रचनात्मक बनाउन बिध्यार्थि हरूले समेत अनुशासनको पालना गर्नुपर्ने बिषयमा जोड दिए । अध्यक्ष लामाले ‘नगरपालिका भित्रनै नमुना भवन बनेको छ, शैक्षिक सुधारका लागि योजनाबद्धरुपमा प्राविधिकसँगै आधुनिक शिक्षामा जोड दिदै गुणात्मक परिणाम लिन सबै जिम्मेवार बन्नुपर्ने आवश्यक रहेको जिकीर गर्नुभयो ।

 

यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर सायरले अहिले यस बिधालयलाई नेपाल सरकारले नमुना विद्यालयका रूपमा छनौटमा पारि नमुना बिद्यालय निर्माणको काम तिब्र गतिमा अघि बढिरहेको र भवन निर्माणका लागि नगरपालिकाले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक सुधारका लागि काम भइरहेको छ , भौतिक पूर्वाधार निर्माणका कार्य संगै शैक्षिक गुणस्तर पनि सुधार भएको जिकिर गर्नुभयो ।

 

पुनर्वास नगरपालिकाको प्राविधिक रेखदेखमा निर्माण भईको यो योजनाले बिदधालयको शैक्षिक, भौतिक, व्यवस्थापन लगायत सबै क्षेत्रको समग्र विकास हुने पुनर्वास नगरपालिकाका शिक्षा शाखा अधिकृत शिवराज भटृले बताउनुभयो। ’ उहाँले भन्नुभयो , ‘बहुबर्षिय पुर्वाधार निर्माण योजना अन्तर्गत काम अघि बढिरहेकोले बिधालय भवन, छात्रावास, घेराबारा लगायतका संरचना निर्माण क्रमिक रूपमा हुदै जाने छन । तसर्थ सम्झौता अनुसार आभामी दिनका निर्माण संरचनाहरुको गुणस्तरीय कामका लागि निरन्तर पालिकाको प्राविधिक टोलीको अनुगमन रहने बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक विकासको गुरुयोजना निर्माण चरणमा रहेको बताउनु हुदै नमुना कार्यक्रमले विद्यालयको समग्र शैक्षिक विकासमा सघाउने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा  नेपाल शिक्षक संघ केन्द्रीय आन्तरिक सल्लाहकार , तथा सुदूरपश्चिम महिला जागरण अध्यक्ष शान्ति सिंह शाहीले बिद्यालय बनाउने बिषयमा शिक्षकको मात्रै नभई अभिभावक को पनि उत्तिकै भुमिका रहने कुरामा जोड दिईन । बिद्यालय नमुना भईसकेपछि बाहिरी श्रीङ्गारले मात्रै हुदैन यसका लागि बिद्यालय आन्तरिक अवस्था केकस्ता छन भनेर आम अभिभावक तथा शिक्षाप्रेमि ले बेलाबेलामा चासो लिईरहनुपर्ने कुरामा जोड दिनुभयो । आफु आबद्ध संस्था मार्फत आगामी दिनमा बिद्यालयमा शैक्षिक र भौतिक पुर्वाधार बलियो बनाउन फुलवारी तथा करेसावारी तयार कार्यक्रम सुचारु गर्ने समेत जानकारी दिनुभयो।

यसैगरी प्रशासकीय भवनको उद्दघाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै नगर प्रमुख तोय प्रसाद शर्माले “जग बलियो भए घर बलियो हुन्छ। शिक्षा को जग विद्यालय हो। विद्यालय शिक्षा स्तरीय र प्रभावकारी भए मात्र देशको समग्र शिक्षा उपलब्धिमूलक बन्छ। विद्यालय शिक्षा दरिलो बनाउन शिक्षण सिकाइ प्रभावकारी, स्तरीय र उपलब्धिमूलक हुनुपर्ने बताउनुहुन्छ। तसर्थ यस कुरालाई आत्मसाथ गर्दै अघि बढ्न उहाले सुझाउनुुभयो । नगर प्रमुख शर्माले शिक्षाको क्षेत्रमा जिर्ण विद्यालयहरुलाई भौतिक रुपमा मात्र सम्पन्न नभई शैक्षिक स्तरमा पनि सम्पन्न बनाउन तर्फ लाग्न आग्रह गर्दै विद्यालयलाई वास्तविक नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक, विद्यार्थी एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँले पुनर्वासको पुरानो शैक्षिक धरोहरको रुपमा रहेको यस विद्यालयको विकासका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्यका लागि आफु साथमै रहेको उल्लेख गर्दै विद्यालयको प्रशासकीय भवनको शिलान्यास र उद्दघाटन गर्न पाउँदा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि बिद्यालय लाई आवस्यक पर्ने हरेक बिषयमा नगरपालिका बाट गरिनुपर्ने सहयोगका लागि आफु तत्पर रहेको शर्माले प्रतिबद्धता गर्नुभयो ।

 

यसैगरी पुनर्वास जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर तामाङले शिक्षण सिकाइमा सुधार ल्याउन स्तरीय भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेलेको जिकीर गर्नुभयो । स्तरीय भौतिक पूर्वाधारले सरसफाइलाई व्यवस्थित बनाउँछ। ” विद्यालयका प्रअ, शिक्षक, कर्मचारीले आआफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाइदिए मात्र कक्षाकोठाको शिक्षण सिकाइ उत्कृष्ट हुन सक्ने औल्याउनुभयो”। कार्यक्रममा प्रशासनिक भवन बारे जानकारी गराउदै प्रधानाध्यापक तामाङले भन्नुभयो यो भवन निर्माणका लागि रु १ करोड ६७ लाख ९ हजार २ सय ७२ रुपैया १८ पैसा भ्याट र कन्टिन्जेन्सि सहित २०८० असोज महिनामा ई–बिड मार्फत बोलपत्र आह्वान भएको थियो । एक दर्जन भन्दा बढी निर्माण कम्पन्नीले ई–बिड मार्फत टेन्डरमा सहाभागी जनाए पनि सो भवनका लागि टेन्डर आह्वानमा ई बिडमा वासुलिङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले पाएको थियो ।  बासुलिङले ३ तला भवन बनाउन १ करोड ११ लाख ७ हजार ९ सय ८० रुपैय ७० पैसामा १२ महिना भित्र काम सक्ने गरी ठेक्का लिएको थियो । ठेक्का सम्झौता अनुसार कम्पन्नीले भ्याट र कन्टिन्जेन्सि सहित १ करोड १० लाख १६हजार ४ सय ८३ रुपैयाको लागतमा निर्माण सम्पन्न गरिएको प्रधानाध्यापक तामाङले बताउनुुभयो । दुई तले भवन को ६ कोठा शौचालय तथा ब्रान्डा रहेको प्रशासनिक भवन निर्माण को २०८० मंसिर १९ गते ठेक्का सम्झौता भई २०८१ असार १५ गते सम्पन्न भई सक्नुपर्ने समझौता मिति अगावै सम्पन्न गरेकोमा निर्माण कम्पनी लाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।सो अवसरमा बिद्यालय का आठजना शिक्षकशिक्षिका हरूलाई जनही एक एक थान ल्यापटप समेत प्रदान गरिएको थियो ।

 

पुनर्वास जनता माबि ब्यवस्थापन समितिका अध्यक्ष जगत सायरको सभापतित्व र पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शमा ज्यूको प्रमुख अतिथ्यमा सम्पन्न उक्त प्रशासकीय भवन उद्दघाटन कार्यक्रममा बिशिष्ठ अतिथमा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी दक्त भटृ , नगर शिक्षा शाखा अधिकृत शिवराज भटटृ वडाध्यक्ष मित्र सिङ लामा अतिथिमा योजना अधिकृत शकर बोगटी, नगर लेखा शाखा सहायक अधिकृत रामकृष्ण रसाईली, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक अभिभावक संघ अध्यक्ष लगायतको आतिथ्यता रहेको थियो । भने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस