कञ्चनपुर । संञ्जिवनी नेपालले कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाहरुमा ८ सय बिरुवा रोपेको छ । गैर सरकारी संस्था संञ्जिवनी नेपालले भीमदत्त नगरपालिकामा बृक्षारोपण अभियान अन्र्तरगत ६वडामा बृक्षारोपण सम्पन्न गरेको छ । १५ साउनदेखि शुरु गरिएको बृक्षारोपण अभियान अन्र्तरगत ६ वडाहरुमा बृक्षारोपण गरेको हो । सञ्जिवनी नेपालका समाजिक परिचालक दिपक राज जोशीले १, २, ८, १०, ११ र १२ वडाहरुमा बृक्षारोपण सम्पन्न भएको छ । उनका अनुसार वडाहरुका सार्वजनिक स्थलमा बेल, जामुन, मोरिङ्गका, अमला, पारिजात लगायतका विभिन्न प्रजातिका रोपिएका छन । २७ असारमा १७ वडामा बृक्षारोपण गरेर बाँकी वडाहरुमा पनि लगत्तै गरिनेछ ।

संञ्जिवनी नेपालकी कार्यकारी निर्देशक नितु भट्टले विपद्को जोखिममा रहेको भीमदत्त नगरपालिकामा हराभरा बनाउन बृक्षारोपण अभियान शुरुवत गरिएको बताईन । उनका सुदूरपश्चिम पैरवी सञ्जाल मार्फत जलवायु परिर्वतनका असर न्यूनिकरण र कार्बन उत्र्सजन कम गर्नका लागि भीमदत्त नगरमा अभियानकै रुपमा बृक्षारोपण शुरु गरिएको छ ।

‘हामीले वडाका जनप्रतिनिधीसंग समन्वय गरेर भावि दिनमा समेत बृक्षारोपण गरिएका बिरुवाको दिगोपना हुने गरी सार्वजनिक स्थलमा रोपेका छन, ‘उनले भनिन, ‘अहिले रोपिएका बिरुवा रोप्नका लागि मात्रै नभई भविष्यमा समेत काम लाग्ने गरेर बृक्षारोपण गरेका छौँ ।’ आगामी भदौँभित्रै नगरभरीका १९वटै वडाहरुमा झण्डै एक हजार भन्दा बढि बिरुवा बृक्षारोपण गरिनेछन ।

 

 

 

प्रतिक्रिया दिनुस