कञ्चनपुर । एकै दिन कञ्चनपुरमा तलाउमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका एक बालक र शुक्लाफाँटा नगरपालिकाकी एक बालिकाको मृत्यु भएको हो ।, भने एक बालिका घाईते भएकी छिन । बुधबार साँझ गाँउघर नजिकै बालक र बालिकाले डुबेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले भीमदत्त नगरपालिका १९ बागफाँटाका ५ बर्षिया सुर्जित राना र शुक्लाफाँटा नगरपालिका ४ आसापुरकी १३ बर्षिया विपना चुनाराको मृत्यु भएको बताए । विपनासंगै डुबेकी १३ बर्षिया बालिका दिपिका सुनार घाईते भएकी थिईन । विपनाले पानी खाएकाले उनको पेटभित्र रहेको पानी निकालेपछि सन्चो भएर घर फर्किएको जनाईएको छ । शुक्लाफाँटा नगरकी बालिकाद्वय विपना र दिपिका घर नजिकै माछा पोखरीमा पौडीखेल्ने क्रममा डुबेका थिए । स्थानीयले देखेपछि विपना र दिपिकालाई तलाबबाट निकालेका थिए । विपनाले ज्यान गुमाईसकेको र दिपिका घाईते अवस्थामा अहिले उपचार भईरहेको छ । घर नजिकै रहेको तलाउमा डुबेका सुजीत रानालाई उनकै आमाले देखेपछि उद्दार गरेर उपचारका लागि महाकाली अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । यसरी एकै दिन दुई बालबालिकाको डुबेर मृत्यु र अर्की बालिका घाईते भएको घटनाले मृतक परिवार शोकमा डुबेका छन । बर्षातका बेला समान्य पोखरी, तलाउ, जमेको पानी खोला नदीमा नुहाउने, पौडी खेल्नबाट सचेत रहन समेत स्थानीय सरकारले आब्हान गरेका छन ।

प्रतिक्रिया दिनुस