
कष्णपुर । सामुदायिक वन समन्वय समिति कञ्चनपुरको २० औं वार्षिक साधारण सभाको उदघाटन समारोह कृष्णपुरको गुलरियामा सम्पन्न भएको छ । शुक्रवार उक्त साधारण सभाको उदघाटन सत्रमा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा (पातल) प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि रहेका मन्त्री थापाले वनलाई नै सदुपयोग गरेर अघि बढ्न सक्यो भने सुदूरपश्चिम समृद्धितिर जाने बताएका छन् । यस्तै वन किनार सडक बनाउदा सडममा परेका रुख काटनी गर्न इआए डिपिआर तयार गरेर काम गर्यो भने समस्या नआउने तर हचुवाको भरका कामगर्दा बन कर्मचारी बाधक बने जस्तो लाग्ने हुदा सुरुवाती चरण देखिनै काम क्लियर गरेर गर्दा कुनै समस्या नआउने वहाँले बताउनु भयो । मन्त्री थापाले सामुदायिक वनको बृहत्त हितका लागि आफु र आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
समितका अध्यक्ष तथा कार्यक्रमका सभापति जोशीले वन बातावरण संरक्षणका लागि विभिन्न संघ संस्थाहरु समन्वय गर्दै विभिन्न काम गर्दै आएको जनाउनु भयो । उहाँका अनुसार यस समन्वय समितिले स्थापना कालदेखि विभिन्न संस्थाहरु संग साझेदारी गरि सामुदायिक वन संरक्षण, जैविक विविधता संरक्षण, दिगो जीविको पार्जन तथा संस्थागत विकासको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो ।
साझेदार संस्थाहरु तराई भू परिधि कार्यक्रम (ताल), युएसएआइडीको जलजंगल परियोजना संग सम्झौता गरि जैविक विविधता संरक्षण, भू परिधि ब्यवस्थापन, जलवायु परिर्वतन अनुकुलन तथा समुदायको क्षमता विकास आयआर्जन क्षेत्रमा विभिन्न कार्यक्रम गरेको बताउदै सामुदायिक वनमा भइ रहेको चोरी सिकारी नियन्त्रणका लागि चोरी सिकारी नियन्त्रण उप समिति, बन हेराला, नदी कटानी लगायतका कार्यक्रम समेत गर्दै आएको बताउनु भयो । यस्तै बन्यतन्तुको संरक्षणका लागि विभिन्न तालिम गराएको बताएका छन् । जोशीले निति तथा कार्यक्रमको विषयमा प्रकाश पार्दै बन्द सत्र आज बाणीमा गरिने जनाउनु भयो ।
उक्त साधारण सभामा सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेश दत्त जोशी सभापति रहनु भएको थियो भने विशिष्ट अथितिमा कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझा, जिल्ला वन कञ्चनपुरका अधिकृत (डिएफो ) भीम प्रदास कडेल, शुक्लाफाँटा नगरपालिका वडा नं.८ का अध्यक्ष बहादुर सिह महरा, पुनर्वास नगरपालिका वडा नं.११ का वडा अध्यक्ष तुलसी अर्याल, कृष्णपुर नगरपालिका वडा नं.४ का अध्यक्ष धर्म सिंह, वडा नं.५का अध्यक्ष टेक पाण्डे, कञ्चन क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र प्रसाद भट्ट लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थित रहेको कार्यक्रमको सन्चालन सामुदायिक वन समन्वय समितिका सचीवले गरेका थिए ।


 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    