बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पद र शक्तीको बारम्बार दुरुपयोग गर्दै आएकी छिन् । उपाध्यक्ष शान्ति नाथले बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीमा रहेको जमुना गाई भैसी कृषक समुहमा आफुले प्रदेश सरकारबाट अनुदान हालिदिएको भन्दै १६ लाख मागेको पिडित पक्षले १ महिना अगाडी कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउदा नाथ विरुद्ध बेलडाँडीका ५ दलले आन्दोलन गरेका थिए । असाढ मसान्त र प्रमाण खोज्ने बहानामा अल्झिएका राजनितिक दललाई कृषकहरुले १२ लाखको चेक उपाध्यक्ष नाथले नै लिएका थिए भन्ने प्रमाण जुटाउदा समेत आन्दोलमा उत्रिएका दल यति बेला मौन रहदा पिडित भैंसी पालक किसान थप पिडामा परेको भन्दै आज आईतवार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै प्रमाण सार्वजनिक गरेका छन् । आफुले कृषकबाट कुनै पैसा नमागेको भन्दै उपाध्यक्ष नाथले जिकिर गर्दै आएकी थिइन । समूहले विभिन्न प्रमाण जुटाउदा समेत उनले आफ्नै ढिपि गर्दै उल्टै आफ्न्तबाट समूहका हरकिसन रानालाई १२, १३ लाख आफु साक्षी बसेर दिलाईदिएको बताउदै आएकी थिइन । उनको पैसा नतिरेर हरकिसन राना फरार रहेको समेत भन्न भ्याइन । १ महिना अघि उपाध्यक्ष नाथले गरेको पत्रकार सम्मेलनमा भनिन त्यो चेक बाउन्स भइसकेको छ हेर्दै जानु भनेकी थिइन । त्यो चेक बाउन्स गर्ने अभ्यास समेत भयो । हरकिसन रानाबाट लिएको खालि चेकमा भीमदत्त नगरपालिकाकी रेवती (नाम परिवर्तन)को नाममा काटेको भेटियो । जसको नाममा चेक काटिएको थियो उसले अर्काको चेक मैले किन बाउन्स गर्ने भन्दा उनलाई दबाब दिदै एकपटक गरिदिने उपाध्यक्ष शान्ति नाथले दबाव दिएको हरिकिसन राना संगको वार्तामा बताएकी छिन् । रेवती (नाम परिवर्तन)ले आफुलाई यस्तो कार्य ठिक नलागेकाले उनी आफै बैंक पुगेर चेक बाउन्स नगरिदिनु होला भन्दै दोस्रो पत्राचार बैंकलाई गरेको उनी स्वीकार गर्छन । हरकिसनको खातावाला बैंकबाट समेत चेक बाउन्स नर्गनु भनेर पत्र आएको हरकिसन रानाले आज पत्रकार सम्मेलन मार्फत प्रष्ट पार्नु भयो । लालझाडी गाउँपालिका चानदेव बजारमा रहेको नविल बैंकबाट केहिदिन पहिला हरकिसन रानालाई कल आउछ कलमा भनिन्छ हरकिसन जी तपाईको हिसाव मिलेको हो भनि बैंकले कलगर्दा हरकिसनले कुनै हिसाव मिलेको छैन भनेर जवाफ दिए, उता बैंकबाट हाम्रो हिसाव मिलिसक्यो चेक बाउन्स नगरिदिनु होला भन्ने खवर आएको छ तपाईको हिसाव मिलेको हो भनि बैंकले रानालाई सोधेको राना बताउछन् । तर रानाले भने चेक कसको नाममा छ म ती मान्छेलाई चिन्दैन के मिल्नु नि भनेर जवाफ दिएको जनाए । आफै चेक बाउन्स गर्न भन्ने फेरि आफै चेक बाउन्स नगरिदिनु होला भनेर निवेदन गरेको सुन्दा राना चकित हुदै ती रेवती (नाम परिवर्तन)लाई खोज्ने र कल गर्दै भलाकुसारी सुरु भयो । राना संगको पहिलो शब्दमै ती रेवती (नाम परिवर्तन)ले सरी दाई म बाट गल्ती भयो मलाई माग गर्नु होला भनिन् । रानाले पनि ती रेवती (नाम परिवर्तन) भावुक भएको आवाज सुन्दा आफुपनि भावुक हुदै यो कसरी भयो ? मलाई तिमी चिन्छौ बहिनी भनेर सोध्दा रेवती (नाम परिवर्तन)ले म कसैलाई चिन्दीन दाई मलाई बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले ‘यो चेक एकपटक बाउन्स गराइदे तेरो नाममा छ भनेर भन्दा आफुले यस्तो किन गर्ने म सोझि मान्छेलाई यो कुरा आउदैन म गर्दिन भनेर भन्दा गरिदेन यो बाट हामीले पैसा लिनुछ एकपटक गरिदे उ डराउछ र पैसा असुल हुन्छ तिमीबाट हामीले पहिला लिएको ४,६ लाख काट्नु बाकी फिर्ता गरिदिनु भनेर उपाध्यक्ष नाथले आफुलाई भनेको हरकिसनलाई बताईन । कहिलै यस्तो झन्झटमा नपरेकी उनलाई यस्तो कार्यमा संलग्न गराउदा आफैलाई कत्ति ठिक नलागेको र शान्ति नाथको दवावले यस्तो कार्य गरेको उहाँले स्पष्ट बताएकी छिन् । आफु खनेर खाने मान्छेलाई तीनिहरुले कहाँ ल्याएर फासाईदिएको बताउदै आगामी दिनमा यस्तो कार्य कहिलै नगर्ने भन्दै राना सामु रुदै भनिन् । रानाले तपाई नरुनुस बहिनी तपाईलाई पनि त्यता फसायो यता मलाईपनि फसाउने प्रयास गर्यो भन्ने लगायतको लामो कुरा भएको जनाए । यी चेक दिने भनिएका र चेक दिने बीच अहिले सम्म कुनै कल र भेट समेत नभएको दुबैले जनाएका छन् । हस्ताक्षर मात्र गरेको चेक उपाध्यक्ष नाथले हतार हतारमा गाउँका सोझासाझी मान्छेको नाममा जबरजस्ती काटेको स्पष्ट देखिन्छ । प्रमाण ल्याउनुस् भनेर १२ फिट उफिर्ने उपाध्यक्ष नाथलाई प्रमाण भेटाउदा समेत बेलडाँडीका आन्दोलित दल मौंन बसेको देख्दा राना समुदायले दुख व्यक्त गरेका छन् । रानाले भने आफुहरुलाई यहाँका दल लगायतले न्याय देलान लागेको थियो तर दलहरुबाट न्याय नपाइला जस्तो भएर आफु पत्रकार सम्मेलन गरेर उक्त कुरा बताउन बाध्य भएको जनाए । चेक जसको नाममा काटिएको छ उहाँसंग हामीले कुरा गर्दा मलाई मिडियामा नलाइदिनु होला भन्ने अनुरोध गरेपछि हामीले नाम परिवर्तन गरेका हाँै । उपाध्यक्ष नाथलाई यस विषयमा हामीले सोध्दा “तिमी को हौं तिमीलाई किन भन्नु पर्यो चेकको विषयमा, तिमी न्यायधिस हौं या ओकिल हौं, र तिमीलाई मैले सबै कुरा किन भन्नु भन्दै धम्काउदै फोनकाटिन तर पछि बारम्बार फोन गरेर फोनमा नभन्ने भेट्नु छ तिमी अफिस आउनु भन्दै धम्की पुर्णभाषा बोलेको हामीसंग अडियो सुरक्षित छ । प्रमाण ल्याउनुस भनेर १२ फिट उर्फीने उपाध्यक्ष नाथले हामीले प्रमाण संकलन गरेको थाहा पाएपछि न्युज ब्रेक गर्न विभिन्न माध्यमबाट दबाब बनाइराखेका थिए् । समुहका १५ किसानले गाई भैसी पालनका लागि प्रदेश भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र कञ्चनपुरको ७५ प्रतिशत लागत साझेदारी समुदायमा आधारीत अनुदान कार्यक्रम आफुले मिलाई दिएको र १२ लाख मिलाए बाफत हाकिमलाई दिनुपर्ने र ४ लाख आफुलाई बहिनी सम्झेर दिनु होला भन्दै घुस मागेको आरोप समूहले पहिले देखि लगाउदै आएको छ । गाई भैसी कृषक समुहका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरबाट ७५ प्रतिश लागत अनुदान स्वरुप रु ४० लाख अनुदान रकम आएको थियो । उक्त कार्यक्रम अनुसार समुहले ३० वटा मोट्रा भैसी, प्रजनन्का लागि एक रागा, १५ वटा गोठ मर्मत, घाँस विकास, १५ वटा स्टील मिल्क केन खरिद, युएमएमवि खरीद, भैसी पालन तालिम, प्रजिवि नियन्त्रण, भैसी ढुवानी, स्टमेट निर्माणमा लगानी गर्नुपर्ने हुन्छ । तर उपाध्यक्ष नाथले समुहका अध्यक्षका श्रीमान हरकिसन रानालाई तपाईले भैंसी किन्नु पर्दैन जिल्लाको र प्रदेशको अनुगमन आउने बेला भाडामा भैंसी ल्याएर देखाउला कार्यक्रम पास गर्ने जिम्मा मेरो भनेपछि बैंशाख २५ गते जिल्ला प्रदेशको टोली अनुगमनमा आउने बेला उपाध्यक्ष शान्ति नाथको डिजाईनमा भैंसी भाडमा ल्याएको कृषक राना स्वीकार गर्छन् । अनुगमन टोलीलाई भैंसी भाडामा ल्याएका छन् भन्ने खवर अगाडी पुगिसकेको थियो । अनुगमन समितिले बैशाख २५ गते अनुगमन गर्ने र २६ गते भुक्तानी गर्ने पहिलै कृषकलाई बताएका थिए भने यता उपाध्यक्ष शान्ति नाथले अनुगमन पास भैहाल्छ अव हाकिमहरुलाई पैसा दिनु पर्यो भनेर तुरुन्त रानाको व्याक्तिगत १२ लाखको चेक बिना नाम र बिना मितिको चेक काट्न लगाईन र ४ लाख नगद भुक्तानी हुने वित्तिकै दिनुहोला भन्दै दवाव दिन थालिन । उता भैंसी भाडामा देखेपछि जिल्लाबाट आएको अनुगमन टोली डग्मगायो र भुक्तानी रोकिदियो । भुक्तानी जेठ ११ गते सम्म रोकिएपछि कृषक राना पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर पुगे । त्यहाँका कर्मचारीहरुले सबै ठिक छ तर भैंसी भाडामा ल्याएको हुदा हामी भुक्तानी गर्न नसक्ने बताएपछि कृषक रानाले अव कसरी भुक्तानी हुन्छ त भनेर सोध्दा कार्यालयले ५,७ दिन भित्र भैंसी तपाईले किने भुक्तानी दिने भनेपछि कृषक रानाले फेरी उपाध्यक्ष नाथ संग भैंसी अनिर्वाय किन्नुपर्ने देखियो भन्ने सल्लाह गरे । दुबैको सल्लाह अनुसार ५ भैंसी उपाध्यक्ष नाथले आफ्न्तबाट किनिन भने बाँकी भैंसी रानाले आफै किने । भैंसी ३० पुगेपछि कार्यालयले भुक्तानी गरिदियो । उपाध्यक्ष नाथले जसबाट भैंसी किनेकी हुन उनीहरु ५ जनाको नामको चेक आफैले बुझिलिइन । सबै भैंसी किन्नु परेपछि पैसा नबच्ने देखियो, पैसा नबचेपछि राना र उपाध्यक्ष नाथको दुरी बढ्दै गयो । उपाध्यक्ष नाथले रानालाई बारम्वार ४ लाख नगद दिन र १२ लाख बेनामी काटिएको खातामा हाल्न दवाव दिन थाले । यति मात्र होइन उपाध्यक्ष नाथले शक्ति र पदको दुरुपायोग गर्दै रानाको घरमा बारम्बार कहिले छोरा, कहिले प्रहरी, कहिलै सिविल प्रहरी पठाउन थाले । त्यति मात्र होइन भैंसी वालालाई भैंसीको भुक्तानी नभएको भन्दै प्रहरीमा उजुरी दिन लगाए तर भैंसीको भुक्तानी भईसकेको बैंक स्टेटमेन्टले देखाएको छ । अनेकौं दबाब र तनाव सहन नसकेर राना १०÷१२ दिन गायब भए । विना गल्ती किन लुग्नु पर्यो भनेर गाउँलेहरुले रानालाई घरमै बस्न सुझाव दिए । कसैले अनावश्यक दुःख दिन्छ भने त्यसको हामी सबै मिलेर अव प्रतिकार गर्ने भनेर गाउँलेहरु एकजुट हुदै उनलाई घर बोलाए । उपाध्यक्ष नाथको भैंसी भाडामा ल्याएर बजेट कुम्ल्याउने योजना फेल भएपछि यो कुरा बाहिरिएको हो । यस विषयमा बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले आफुले कुनै घुस नमागेको जनाइन । उनले भनिन खोर निर्माणका लागि मेरो आफन्त बाट हरकिशन रानालाई ऋण दिलाईदिएको बताएकी थिइन आज त्यो सबै झुठ हुन पुगेको छ । कमिसन मागेको विषयलाई लिएर बेलडाँडी गाउँपालिकामा असाढ १६ गते देखि आन्दोलन चर्कीएको थियो । बेलडाँडी गाउँपालिकाको प्राङ्गणमा ५ दल र स्थानीय वासीद्धारा उपाध्यक्ष नाथको चर्को विरोध गर्दै पालिका प्रवेशमा केहिदिन नाथलाई प्रवेशमारोक समेत लगाउदै असाढ मसान्त र प्रमाण खोज्ने बिषयलाई लिएर आन्दोलन रोकिएको थियो । बेलडाँडीमा हुने बेथिति, अत्याचार, भ्रष्टाचारका विरुद्धमा बेलडाँडीबासीहरु एकजुट हुदै गरेको आन्दोलन असाढ मसान्तलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो भने उता नेपाली काँग्रेस बेलडाँडीले उपाध्यक्ष नाथले पटक पटक गरेका क्रियापलापका विषयमा सत्यतथ्य निष्पक्ष ३ सदस्यीय छानवीन समिति गठन गरेको थियो । समिति गठन भएको १ महिना बित्दा समेत प्रतिवेदन सार्वजनिक नभएपछि जन चासो बढेको छ । प्रतिवेदन बस्तुवादी सत्यतथ्य छानवीन गरिएको हुदा त्यसलाई तुहाँउन खोज्नका लागि लम्ब्याउने कार्य थालिएको श्रोतले बताएको छ । श्रोतका अनुसार जे कुरा बाहिर मिडियामा हल्ला थियो त्यसै अनुसारको प्रतिवेदन आएको हुदा त्यसलाई ढाकछोप गर्न समितिलाई दवाव दिएर रोक्न र प्रतिवेदनका केहि बुदाँ सच्याउन दवाव भइरहेकाले सार्वजनिक गर्न नसकिएको जनाइएको छ । नेपाली काँग्रेस गाउँकार्यसमितिका अधिकांस नेता कार्यकर्ताले उपाध्यक्ष नाथको चर्को विरोध गरेपछि तीन सदस्यी छानविन समिति बनेको थियो । पालिका उपाध्यक्ष शान्ति नाथलाई लागेको आरोप के हो वास्तविक छानविन गर्न नेपाली काँग्रेस बेलडाँडीका सचिव धन बहादुर रोकायाको संयोजकत्वमा नरेश सिंह धामी र हेमराज राना ३ सदस्यीय छानविन समिति गठन भएको थियो । गाडी दुरुपयोग, दोहोरो सुविधा, कम्वल वितरण देखि, राहत वितरण हुदा समेत कागजी प्रक्रिया पछि मिलाएको, नियम विपरित भत्ता खाने सुदूरकै नं.१ जनप्रतिनिधी, आफुलाई तेल बाढ्ने अधिकार भएको कुरा, पद र शत्तिको दुरुपयोग गर्दै सडकमा घर पास गरी बैंकलाई झुक्याएर ठुलो ऋण लिएको र हामीले खोजपत्रकारिता गर्दा रातोरात ऋण चुत्ता, अनुगमन समितिकी संयोजक भएर ३ लाख आफ्रनो नाममा विद्यालयलाई काट्न लगाए अख्तियारमा मुद्धा परेको १बर्ष पछि विद्यालयको पैसा फिर्ता गरेको कुरा, १५ सैया अस्पताल बन्दा जेसीबीमा क्षति पुर्याउने कार्यमा संलग्न लगायत विभिन्न आर्थिक मुखी क्रियाकलाप मात्र गरेको देख्दा स्थानीय देखि नेता कार्यकर्ता समेत हैरान भएका छन् ।

प्रतिक्रिया दिनुस